५० पैसाको शुरुवातबाट १ अरब
नवलपरासी । गैडाकोटमा रहेको विकू बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २५औं वार्षिक साधारण सभा यहि मंसिर १२ गते सम्पन्न गरेको छ ।
संस्थाले विगतमा प्रदान गरेको शिप तथा व्यवसायीक तालिम लिए पश्चात आफ्ना व्यावसायिक सदस्यहरुद्वारा उत्पादित वस्तुहरुको विक्री प्रवद्र्नधका लागी विक्रीकक्ष राखि साधारण सभालाई महोत्सवको स्वरुप दिईएको थियो । यसरी व्यावसायिक सदस्यहरुलाई अन्य सबै सदस्य माझ चिनाएर विकूले सवैलाई व्यावसायिक बन्न उत्प्रेरित गरेको एक सदस्यले बताएका छन् । अर्थमन्त्री डा.रामशरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधारण सभामा नेपालको सहकारी क्षेत्रको विकास र विस्तारमा पु¥याएको योगदानको उच्च मुल्याङ्गन गदै विकू राष्ट्रिय सहकारीता पुरस्कारबाट राष्ट्रिय सहकारी संघका अध्यक्ष केशबप्रसाद बडाल सम्मातिन भएका थिए ।
५० पैसाबाट सुरुवात गरिएको अभियान अहिले एक अरबको हाराहारीमा पुगिसकेको छ । प्रतिव्यक्ति ५ हजारबाट सुरुवात गरिएको ऋण लगानीको अभियान अहिले प्रतिव्यक्ति ५० लाखसम्म पुगेकोसंस्थाका अध्यक्ष हरिलाल सापकोटाले बताए ।
संस्थाको संस्थागत विकास, जनशक्ति विकास, सदस्यहरुमा व्यावसायिकताको विकास गर्दै अझ जुझारु र सशक्त भएर अगाडि बढ्दै विकूले अब सहकारी अभियानको नेतृत्व गर्नुपर्ने कुरामा सापकोटाले जोड दिए । उक्त सभामा संस्थाका सचिव बिरभद्र सापकोटाले बार्षिक नीति तथा कार्यक्रम र कोषाध्यक्ष कालिदाश गौडेलले वित्तिय लक्ष्य तथा बजेट प्रस्तुत गरेको थिए ।
२०४८ सालमा दैनिक ५० पैसाको अभियानबाट सुरूवात गरिएको यस संस्थाले २३औं वर्ष पार गर्दा अर्थात् २०७१ आषाढ मसान्तसम्म शेयर पूूँजी र अन्य कोषहरुको गणना गर्दा १४ करोड ७१ लाख ४३ हजारभन्दा बढी पुँजी कोष निर्माण गरिसकेको छ ।
त्यस्तै ऋण लगानी २ अरब १५ करोड ८२ लाख ९४ हजारभन्दा बढी ऋण लगानी गर्न सफल भएको छ । आर्थिक वर्ष २०७०/०७१ को अन्तसम्ममा कुल सम्पत्ति गत वर्षको तुलनामा करिब ३५ प्रतिशतले वृद्धि भई ८२ करोड ९१ लाख ६१ हजार १ सय २१ पुगेको छ । गत आ.व.२०७०/०७१ मा कूलआम्दानी ८ करोढ ५५ लाख ५ हजार ५ सय र खर्च करोड ५२ लाख ६२ अजा ८ सय २९ भई सञ्चालन मुनाफा ३ करोड २ लाख ४२ हजार ६ सय ७२ रुपैंया भएको छ ।
संस्थामा ६८१५ जना महिला, ५७७८ जना पुरूष सदस्य रहेका छन् । कार्तिक मसान्तसम्म संस्थाको कुल चुक्ता शेयर पुँजी ६ करोड ६५ लाख ६६ हजार ५ सय पुगेको छ । संस्थाले यस आर्थिक वर्षको अन्य सम्ममा शेयर पुँजी ९ करोड, निक्षेप सङ्कलन ९६ करोड ४७ लाख, त्यसै गरि ऋण लगानी ८६ करोड ५० लाख पुर्याइ कुल पुजि १ अर्व १६ करोड ४४ लाख पुर्याउने लक्ष्य लिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
