इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई दर्ता अभिलेखीकरण तथा सञ्चालन इजाजतपत्र प्राप्त गर्न थप विवरण तथा कागजात पेस गर्न निर्देशन दिएको छ।
प्राधिकरणले बुधबार सूचना जारी गर्दै यसअघि एफसीआरएस (FCRS) प्रणालीमा विवरण प्रविष्ट गरिसकेका सहकारी संस्थाहरूलाई समेत संशोधित मापदण्डअनुसार थप विवरण तथा कागजात अपलोड गर्न आग्रह गरेको हो।
प्राधिकरणका अनुसार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ (सातौँ संशोधन) बमोजिम सञ्चालक पदाधिकारी तथा व्यवस्थापकको योग्यता र अनुभव (फिट एन्ड प्रपर टेस्ट) सम्बन्धी नयाँ व्यवस्था लागू गरिएको छ। सोही व्यवस्थाअनुसार इजाजतपत्र प्राप्त गर्न आवश्यक थप कागजात पेस गर्नुपर्ने भएको हो।
सूचनाअनुसार सहकारी संस्थाले सञ्चालक पदाधिकारी तथा व्यवस्थापकको व्यक्तिगत अभिलेख तयार गरी मापदण्डमा उल्लेखित व्यवस्थाअनुसार आवश्यक कागजात एफसीआरएस प्रणालीमा अपलोड गर्नुपर्नेछ।
त्यस्तै, फौजदारी अभियोगमा सजाय नपाएको, बैंकिङ तथा वित्तीय कसुरमा सजाय नपाएको र कालोसूचीमा नरहेको लगायतका विषय पुष्टि हुने कागजातसमेत पेस गर्नुपर्नेछ।
यसका लागि सम्बन्धित व्यक्तिको प्रहरी प्रतिवेदन, कर्जा सूचना केन्द्रबाट प्रमाणित कागजात तथा प्रणाली वा वेबसाइटबाट डाउनलोड गरी रीतपूर्वक भरिएको प्रमाणित स्वघोषणापत्र अपलोड गर्नुपर्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले यसअघि एफसीआरएस प्रणालीमा विवरण प्रविष्ट गर्दा संशोधित मापदण्डको व्यवस्था समावेश नभएकाले अब बुँदा नम्बर १ अनुसारका सम्पूर्ण विवरण तथा कागजात पुनः प्रविष्ट गर्न निर्देशन दिएको छ।
दर्ता अभिलेखीकरण तथा इजाजतपत्र प्राप्त गर्ने प्रयोजनका लागि आवश्यक विवरण र कागजात अनिवार्य रूपमा एफसीआरएस प्रणालीमा प्रविष्ट गर्नुपर्ने सूचनामा उल्लेख छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार
२५ सदस्य र ६० हजार पुँजीबाट सुरु भएको किसान सहकारी ३२औँ वर्षमा, सम्पत्ति ८ अर्ब नाघ्यो
१८ कार्तिक २०८३, मंगलवार
म्याग्दी सहकारीमा लेखा अधिकृत र बजार सहायक अधिकृत माग
१४ कार्तिक २०८३, शुक्रबार