१५ कात्तिक २०८३, आईतवार

म्याग्दी सहकारीमा लेखा अधिकृत र बजार सहायक अधिकृत माग

२०८३ कात्तिक १३, शुक्रबार
म्याग्दी सहकारीमा लेखा अधिकृत र बजार सहायक अधिकृत माग

काठमाडौं : म्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दुई पदमा कर्मचारी माग गरेको छ।

संस्थाले लेखा अधिकृत एक जना र बजार सहायक अधिकृत एक जना गरी दुई कर्मचारी माग गरेको हो । संस्थाका अनुसार ३५ वर्ष ननाघेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

छनोट भएका कर्मचारीलाई ६ महिनाको परीक्षणकालपछि संस्थाको नियमानुसार स्थायी नियुक्ति तथा तलब सुविधा उपलब्ध गराइने संस्थाले जनाएको छ।

इच्छुक उम्मेदवारले आफ्नो बायोडाटा, हालसालै खिचेको पासपोर्ट साइजको रंगीन फोटो, अपेक्षित तलब र निवेदनसहित आवश्यक कागजातको प्रतिलिपि संलग्न गरी इमेलमार्फत आवेदन दिनुपर्नेछ ।

आवेदन vacancy4myagdi@gmail.com मा पठाउन सकिनेछ । आवेदन दिने अन्तिम मिति २०८३ मंसिर ८ गते तोकिएको छ।

न्यूनतम योग्यता स्नातक उत्तीर्ण गरेका तथा कार्यगत अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने संस्थाले जनाएको छ।

अभिलेख

लोकप्रिय