पाँचतारा सहकारीमा सीईओसहित तीन पदमा कर्मचारी माग
काठमाडौं : पाँचतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ), ऋण विभाग प्रमुख/अधिकृत र क्यासियर पदमा कर्मचारी माग गरेको छ।
काठमाडौं महानगरपालिका–३२, पुरानो सिनामंगल, टाउन प्लानिङमा रहेको संस्थाले एक सूचना जारी गर्दै तीन पदमा कर्मचारी माग गरेको हो।
संस्थाका अनुसार प्रमुख कार्यकारी अधिकृत पदका लागि व्यवस्थापन वा व्यवसाय प्रशासनमा स्नातकोत्तर गरी वित्तीय तथा सहकारी क्षेत्रमा कम्तीमा दुई वर्ष व्यवस्थापकीय अनुभव भएको वा सोही विषयमा स्नातक गरी पाँच वर्षको व्यवस्थापकीय अनुभव भएको हुनुपर्नेछ। साथै सहकारी क्षेत्रको व्यवस्थापन, कानुन तथा नियमनसम्बन्धी ज्ञान, कम्प्युटर सीप र नेतृत्व क्षमता आवश्यक पर्नेछ। यस पदका लागि उमेर ३२ वर्षभन्दा माथि हुनुपर्ने र दुईपाङ्ग्रे वा चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र भएको हुनुपर्नेछ।
त्यस्तै, ऋण विभाग प्रमुख/अधिकृत पदका लागि व्यवस्थापनमा स्नातक गरी वित्तीय तथा सहकारी क्षेत्रमा कम्तीमा दुई वर्षको अनुभव आवश्यक पर्नेछ। ऋण असुली, सदस्य व्यवस्थापन तथा सहकारी कानुनसम्बन्धी ज्ञान भएका र २८ वर्षभन्दा माथिका उम्मेदवारले आवेदन दिन सक्नेछन्।
क्यासियर पदका लागि व्यवस्थापनमा स्नातक वा कम्तीमा कक्षा १२ उत्तीर्ण गरी वित्तीय तथा सहकारी क्षेत्रमा दुई वर्षको अनुभव भएको हुनुपर्नेछ। नगद व्यवस्थापन, लेखा सफ्टवेयर तथा कम्प्युटरसम्बन्धी ज्ञान भएका, २८ वर्ष ननाघेका उम्मेदवारलाई प्राथमिकता दिइने संस्थाले जनाएको छ।
इच्छुक उम्मेदवारले आफ्नो पूर्ण बायोडाटा (सीभी) र अपेक्षित तलब खुलाएर सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ।
आवेदन तथा थप जानकारीका लागि संस्थाको इमेल 5starsahakari@gmail.com वा वेबसाइट panchtarasahakari.com मार्फत सम्पर्क गर्न सकिनेछ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
पाँचतारा सहकारीमा सीईओसहित तीन पदमा कर्मचारी माग
१३ कार्तिक २०८३, बिहीबार
स्वतन्त्र भूतपूर्व सैनिक साकोसद्वारा संरक्षित पुँजी फिर्ता कोषको रकम वितरण
११ कार्तिक २०८३, मंगलवार
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार