२ कात्तिक २०८३, आईतवार

राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त

२०८३ कात्तिक २, आईतवार
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त

कञ्चनपुर : महेन्द्रनगरमा रहेको राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लि. को प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त हुनु भएको छ ।

शुक्रबार आयोजना गरिएको दशैंको शुभकामना आदान प्रदान कार्यक्रमका बीच संस्थाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको नियुक्ति तथा कार्यविवरण हस्तान्तरण कार्यक्रम समेत सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष अशोक बहादुर चन्दले नियक्ति तथा कार्यविवरण हस्तान्तरण गरेको कार्यक्रममा संचालक समिति, लेखा सुपरिवेक्षण समिति तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

साकोसमा प्रमुख कार्यकारी अधिकृतको नियुक्ति तथा कार्यविवरण बुझ्दै अहिले सम्म सिकेका कुराहरु कार्यान्वयन गर्ने ठाउमा आएको र सहकारीको माध्यमबाट सदस्यहरुको जीवनस्तर सुधारका लागि लागिपर्ने बताउनु भयो ।

मुलतः सहकारीमा युवाहरुलाई जोड्ने, प्रविधिमार्फत नविनतम सेवा दिने र सहकारीहरु एकिकरण मार्फत संस्थागत विकाश गर्ने योजना रहेको जनाउनु भयो ।

भाद्र २७ गते सम्पन्न भएको राष्ट्रिय साकोसको नवौं बार्षिक साधारण सभाले धर्मराज जोशीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

बैजनाथ माध्यमिक विद्यालय जडेपानीमा १४ बर्ष शिक्षण पेशा गर्नुभएका जोशीले नेफ्स्कूनमा ५ बर्ष सदस्य सेवा केन्द्र तथा सदस्य सेवा कार्यालयहरुमा प्रमुख भएको अनुभव संगाल्नु भएको छ । नेफ्स्कूनले पछिल्लो समय ल्याएको स्वैच्छिक अवकाश योजना अन्र्तगत जोशीले राजिनामा दिनुभएको थियो ।

अभिलेख

लोकप्रिय