स्वतन्त्र भूतपूर्व सैनिक साकोसद्वारा संरक्षित पुँजी फिर्ता कोषको रकम वितरण
गैँडाकोट : स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लि. ले आर्थिक वर्ष २०८२/०८३ मा संस्थामार्फत कारोबार गर्ने सदस्यहरूलाई संरक्षित पुँजी फिर्ता कोषको रकम नगद वितरण गरेको छ।
संस्थाका अध्यक्ष वेदबन्धु रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा संस्थासँग गरेको कारोबारका आधारमा सदस्यहरूलाई संरक्षित पुँजी फिर्ता कोषको रकम वितरण गरिएको हो।
सदस्यहरूलाई संस्थाको आर्थिक गतिविधिमा सक्रिय सहभागिता गराउन, सहकारीप्रति अपनत्व बढाउन तथा कारोबारको प्रतिफल सदस्यहरूलाई नै उपलब्ध गराउने उद्देश्यले उक्त रकम वितरण गरिएको संस्थाले जनाएको छ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत जीवलाल तिवारीले सदस्यहरूको सक्रिय सहभागिता र विश्वास नै संस्थाको सफलताको प्रमुख आधार भएको बताउँदै सहकारीको विकास, विस्तार र सदस्यहरूको आर्थिक समृद्धिका लागि सबै सदस्यहरूलाई संस्थासँग निरन्तर कारोबार गर्न आग्रह गर्नुभयो।
संस्थाले सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै सदस्यकेन्द्रित सेवा प्रवाह, पारदर्शिता तथा आर्थिक अनुशासनलाई प्राथमिकता दिँदै आएको छ। संरक्षित पुँजी फिर्ता कोषको रकम वितरणले सदस्यहरूलाई प्रोत्साहन मिल्नुका साथै संस्थाप्रतिको विश्वास अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
संस्थाले आगामी दिनमा पनि सदस्यहरूको हितलाई केन्द्रमा राखेर विभिन्न वित्तीय सेवा तथा कार्यक्रम सञ्चालन गर्दै सहकारी अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना सम्पूर्ण सदस्यहरूलाई संस्थासँगको कारोबारलाई निरन्तरता दिँदै संस्थाको प्रगति र समृद्धिमा सहकार्य गर्न आग्रह गरेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
स्वतन्त्र भूतपूर्व सैनिक साकोसद्वारा संरक्षित पुँजी फिर्ता कोषको रकम वितरण
११ कार्तिक २०८३, मंगलवार
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार