१७ भदौ २०८३, बुधबार

विपद्‍मा जेष्ठ आइडियोलोजीको साथ: बाढीपीडितको उद्धार तथा पुनर्निर्माणमा १ लाख ५५ हजार सहयोग

२०८३ भदौ १७, बुधबार
विपद्‍मा जेष्ठ आइडियोलोजीको साथ:  बाढीपीडितको उद्धार तथा पुनर्निर्माणमा १ लाख ५५ हजार सहयोग

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ।

२०८३ भदौ १० गते बिहान रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षति तथा विपद्बाट प्रभावित नागरिकले भोग्नुपरेको दुःख, पीडा र कठिनाइप्रति संस्थाले गहिरो दुःख व्यक्त गरेको छ।

संस्थाले सामाजिक उत्तरदायित्व तथा मानवीय पीडामा सहकार्य गर्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगस्वरूप प्रदान गरेको हो ।

संस्थाकी नायब प्रमुख कार्यकारी अधिकृत आरती श्रेष्ठले विपद्को यस दुःखद् घडीमा पीडित नागरिकको साथमा उभिनु सामाजिक उत्तरदायित्व भएको बताउनुभयो। उहाँले सहयोग रकमबाट विपद् प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सम्पूर्णप्रति संस्थाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा प्रभावित सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित जीवन तथा विपद्को कठिन अवस्थाबाट छिट्टै सामान्य अवस्थामा फर्कन सक्ने वातावरण निर्माण होस् भन्ने कामना संस्थाले गरेको छ।

जेस्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विपद् तथा संकटका समयमा समुदायसँग सहकार्य गर्दै आएको जनाएको छ।

अभिलेख

लोकप्रिय