बाढीपीडितको उद्धार तथा पुनर्निर्माणमा गुडविल साकोसको २ लाख ३६ हजार सहयोग
काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले गुडविल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २ लाख ३६ हजार ५ सय ५ रुपैयाँ सहयोग गरेको छ।
संस्थाले आफ्ना शेयर सदस्य, सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति तथा कर्मचारीहरूको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत आसपासका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै संस्थाले विपद्मा परेका परिवारलाई राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको जनाएको छ।
सहकारी संस्थाले विपद्को कठिन घडीमा पीडितको साथमा उभिँदै सामाजिक उत्तरदायित्व र सहकारी भावनालाई व्यवहारमा उतार्ने प्रयासस्वरूप सहयोग गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत निर बहादुर सुनुवारले जानकारी दिनुभयो।
संस्थाले विपदमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताहरूको सकुशल उद्धार तथा पीडित परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। दिवंगतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनामा सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको जनाएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काभ्रेको ५९औँ स्थापना दिवस सम्पन्न
२६ भाद्र २०८३, शुक्रबार
स्थापना दिवसमा जिल्ला सहकारी संघ काभ्रेको वृद्धाश्रममा सेवा
२६ भाद्र २०८३, शुक्रबार
बाढीपीडितको पीडामा आश्रय सहकारीको साथ, १ लाख ३३ हजार सहयोग
२५ भाद्र २०८३, बिहीबार