सीजेएनको १६औं स्थापना दिवसमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता
काठमाडौं : नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले १६औं स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको छ । सीजेएनले फिनएक्स सीबीएस प्रायोजनमा फुटसल प्रतियोगिता सम्पन्न गरेको हो ।
भदौ १६ गते ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ सहकारीकर्मी र सञ्चारकर्मीहरुबीच एक दिवसीय मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो ।
काठमाडौंको थापागाउँस्थित रोयल फुट्सलमा बिहान साढे १० बजेदेखि भएको प्रतियोगितामा सहकारीकर्मी र सिजेएनका सदस्यहरुबीच मैत्रीपूर्ण प्रतिस्पर्धा भएको थियो ।
खेलकुदको माध्यमबाट स्वस्थ जीवनशैली प्रवर्धन गर्नुका साथै सहकारीकर्मी र सञ्चारकर्मीहरुबीच आत्मीय सम्बन्ध विस्तार गर्ने मुख्य उद्देश्यका साथ समाजले फुटसल प्रतियोगिता आयोजना गरेको सीजेएनका अध्यक्ष अर्जुन खतिवडाले बताउनुभयो।
फुटसल प्रतियोगितामा राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, विषयगत संघ तथा प्रारम्भिक संस्थाका प्रतिनिधित्व रहेको थियो भने सीजेएन कार्यसमिति, सदस्यहरु एवम् विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता थियो ।
प्रतियोगितामा प्रत्येक टिममा ५ जना सहभागी रहने गरी ५ टिमबीच प्रतिस्पर्धा गराइएको थियो । सीजेएनको साउन २९ गते बसेको कार्यसमितिको बैठकले फुटसल आयोजना गर्ने निर्णय अनुसार प्रतियोगिता सम्पन्न गरेको हो । फुटसल जस्तो मानसिक एवम् शारिरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने प्रतियोगिताले सहकारी अभियान र सञ्चारकर्मीहरुबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास समेत लिइएको छ ।
सहकारी बिटमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको क्षमता अभिबृद्धि, हकहित संरक्षण र वृत्ति विकास गर्ने मुख्य उद्देश्यका साथ २०६८ सालमा स्थापना भएको समाजले यही भदौ १९ गते १६औं स्थापना दिवस मनाउँदैछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको उद्धार तथा पुनर्निर्माणमा गुडविल साकोसको २ लाख ३६ हजार सहयोग
१७ भाद्र २०८३, बुधबार