नवकान्तिपुर सहकारीद्वारा बाढीपीडितलाई २ लाख ३१ हजार सहयोग
काठमाडौं : सहकारी संस्था केवल बचत र ऋणको कारोबार गर्ने संस्था मात्र होइन, समुदायको सुख–दुःखमा साथ दिने सामाजिक अभियान पनि हो भन्ने सन्देश नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पुनः एकपटक दिएको छ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिक तथा परिवारको राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नवकान्तिपुरले २ लाख ३१ हजार ५०१ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
उक्त रकममध्ये संस्थाको तर्फबाट १ लाख ५१ हजार १११ रुपैयाँ, कर्मचारीको एक दिनको तलब तथा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र ऋण उपसमितिका सदस्यहरूको एक बैठकको भत्ताबाट ८० हजार ३९० गरी कुल २ लाख ३१ हजार ५०१ रुपैयाँ सहयोग गरिएको हो ।
सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्तमध्ये रहेको ‘समुदायप्रतिको चासो’ लाई व्यवहारमा उतार्दै संस्थाले बाढीपीडितका लागि सहयोगको हात अघि बढाएको जनाएको छ। विपद्को कठिन घडीमा समुदायसँगै उभिनु सहकारीको सामाजिक दायित्व भएको संस्थाको भनाइ छ।
संस्थाका अनुसार बाढीबाट प्रभावित परिवारको तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको हो। ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सहकारीको मूल भावनालाई आत्मसात गर्दै संस्थाले विपद्बाट प्रभावित नागरिकको दुःखमा साथ दिने प्रयास गरेको जनाएको छ।
नवकान्तिपुरले राहत सहयोग केवल आर्थिक योगदान मात्र नभई सहकारीको सामाजिक उत्तरदायित्व र समुदायसँगको सम्बन्धको अभिव्यक्ति भएको उल्लेख गरेको छ। संस्थाले प्रभावित परिवारको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाको कामना गर्दै सहयोग अभियानमा जुट्न सबैलाई आग्रहसमेत गरेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको उद्धार तथा पुनर्निर्माणमा गुडविल साकोसको २ लाख ३६ हजार सहयोग
१७ भाद्र २०८३, बुधबार
भोटेकोशी बाढीपीडितको राहतमा रामकोट साकोसको हातेमालो
१७ भाद्र २०८३, बुधबार