विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ।
संस्थाको वैतेश्वर गाउँपालिका–५, दोलखास्थित कार्यालयका सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिले ९ वटा बैठकबाट प्राप्त बैठक भत्ता, कर्मचारीहरूको दुई दिनको तलब बराबरको रकम तथा संस्थाको योगदान समेटेर उक्त रकम सहयोग गरेको हो।
संस्थाले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको जनाएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।
विपद्को यस कठिन समयमा पीडित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको सहकारीले जनाएको छ। संस्थाले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको शीघ्र खोज तथा घाइतेहरूको स्वास्थ्यलाभको कामना समेत गरेको छ।
“संकटको घडीमा सँगै छौँ, सहयोग गरौँ, आशा जगाऔँ” भन्ने भावनाका साथ संस्थाले विपद्मा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिएको जनाएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार