समुदायको सुख–दुःखमा सहकारी : आइडियल साकोसको राहत कोषमा अर्थपूर्ण योगदान
काठमाडौं : राजविराज–४, सप्तरीमा मुख्य कार्यालय रहेको आइडियल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैयाँ योगदान गरेको छ।
भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोटलगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै संस्थाले उक्त रकम सहयोग गरेको हो।
संस्थाका अध्यक्ष गणेश कुमार आशले प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनामा संस्थाको तर्फबाट सानो भए पनि अर्थपूर्ण योगदान पुगोस् भन्ने उद्देश्यले राहत कोषमा रकम जम्मा गरिएको बताउनुभयो।
उहाँले सहकारीलाई केवल बचत तथा ऋणको कारोबार गर्ने संस्थाका रूपमा मात्र नभई सदस्य, समुदाय र समाजको सुख–दुःखमा साथ दिने सामाजिक संस्थाका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी, संस्थाका व्यवस्थापक विनोद कुमार सफीले विपद्को समयमा सरकार, निजी क्षेत्र, सहकारी तथा आम नागरिक सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो। संस्थाले आफ्नो क्षमताअनुसार सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गरेको उहाँको भनाइ छ।
उहाँले आगामी दिनमा पनि सदस्य, समुदाय र समग्र समाजप्रतिको सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आवश्यक सहयोग तथा सामाजिक गतिविधिमा संस्थाको सक्रियता निरन्तर रहने बताउनुभयो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समुदायको सुख–दुःखमा सहकारी : आइडियल साकोसको राहत कोषमा अर्थपूर्ण योगदान
१५ भाद्र २०८३, सोमबार
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार