सहकारीमा डिजिटल प्रविधिको विस्तारसँगै iSmart मा आईआरडी प्रोत्साहन कार्यक्रम
काठमाडौं : सहकारी मोबाइल बैंकिङ एप ‘आईस्मार्ट’ (iSmart) ले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले आफ्नो एपमा IRD Incentive Program (आईआरडी प्रोत्साहन कार्यक्रम) सुविधा उपलब्ध गराएको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान तथा भ्याट बिल लिन प्रोत्साहित गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन र वित्तीय पारदर्शिता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
यस सुविधामार्फत ‘आईस्मार्ट’ एप प्रयोग गर्ने सहकारीका सदस्यहरूले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि रु. १०० भन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्दा स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्नेछन्।
सहकारीका सदस्यहरूले आफू आबद्ध सहकारी संस्थाको मोबाइल बैंकिङ एपमा रहेको IRD Incentive Program मेनुमार्फत योग्य कारोबारको संख्या, कारोबार विवरण तथा पुरस्कार प्राप्त गरेको अवस्थासमेत सहजै हेर्न सक्नेछन्।
आन्तरिक राजस्व विभागको व्यवस्थाअनुसार योग्य कारोबारमध्येबाट दैनिक लक्की ड्रमार्फत एक जना ग्राहकले कर कट्टीपश्चात् रु. १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, प्रत्येक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले रु. १० लाख बराबरको बम्पर पुरस्कार प्राप्त गर्ने व्यवस्था रहेको छ।
ग्राहकले आफ्नो कुपन तथा विजेता स्ट्याटससमेत ‘आईस्मार्ट’ एपमै हेर्न सक्ने देवन सफ्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले बताए।
देवन सफ्टले विकास गरेको सहकारी मोबाइल बैंकिङ एप ‘आईस्मार्ट’ सहकारी क्षेत्रमा लोकप्रिय डिजिटल प्लेटफर्मका रूपमा स्थापित हुँदै गएको छ। हाल ‘आईस्मार्ट’ आठ सयभन्दा बढी सहकारीका ३ लाख ५० हजारभन्दा बढी सदस्यले प्रयोग गरिरहेका छन्। कम्पनीले ‘अबको सहकारी, डिजिटल सहकारी’ भन्ने स्लोगनलाई अघि सारेको छ।
विशुद्ध सहकारीका लागि लक्षित गरी विकास गरिएको ‘आईस्मार्ट’ एप आईओएस र एन्ड्रोइड दुवै भर्सनमा उपलब्ध छ। जुनसुकै कोर बैंकिङ सिस्टम प्रयोग गर्ने सहकारीले पनि यसको सेवा लिन सक्ने कम्पनीले जनाएको छ। हाल ५० वटा विभिन्न कोर बैंकिङ सफ्टवेयर प्रयोग गर्ने सहकारीले ‘आईस्मार्ट’को सेवा लिइरहेका छन्।
कम्पनी आईएसओ ९००१ र २७००१ प्रमाणित छ।
सहकारीका लागि प्रविधिको सीमा होइन, सम्भावनाको विस्तार : सीईओ महर्जन
सहकारी क्षेत्रलाई आधुनिक डिजिटल प्रविधिमार्फत थप सक्षम बनाउनुपर्नेमा देवन सफ्टका प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले जोड दिएका छन्। सहकारीलाई प्रविधिको सीमाभित्र राख्नेभन्दा डिजिटल प्रविधिको माध्यमबाट सम्भावनाको दायरा विस्तार गर्नुपर्ने उनको भनाइ छ।
महर्जनका अनुसार ‘आईस्मार्ट’ मोबाइल बैंकिङलाई केवल सहकारीका लागि मोबाइल बैंकिङ प्लेटफर्मका रूपमा बुझ्नुभन्दा सहकारीलाई बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने डिजिटल क्षमता प्रदान गर्ने प्लेटफर्मका रूपमा हेर्न आवश्यक छ।
‘आज बैंकको प्रविधिमा भएका धेरै सुविधाहरू सहकारीले पनि प्रयोग गर्न सक्छन्। अझ कतिपय अवस्थामा बैंकको प्रविधिभन्दा एक–दुई कदम अगाडि रहेका सुविधा समेत आईस्मार्टमार्फत सहकारीमा उपलब्ध छन्,’ उनले भने।
सहकारी क्षेत्रमा अझै पनि ‘सहकारीले यो गर्न पाउँदैन, त्यो गर्न पाउँदैन’ भन्ने सीमित सोच रहेको भन्दै महर्जनले यस्तो मानसिकताबाट माथि उठ्नुपर्ने बताए। डिजिटल नेपाल निर्माणको लक्ष्य हासिल गर्न सहकारीलाई पनि आधुनिक डिजिटल प्रविधिको समान अवसर र क्षमता प्रदान गर्नुपर्ने उनको भनाइ छ।
उनले सहकारीका सदस्यले पनि बैंकका ग्राहकसरह सहज, सुरक्षित, प्रतिस्पर्धी र आधुनिक डिजिटल सेवा प्राप्त गर्न पाउनुपर्ने बताए। प्रविधिको विकाससँगै सदस्यका अपेक्षा र सेवा आवश्यकतासमेत परिवर्तन भइरहेकाले सहकारीले त्यसअनुसार आफ्नो डिजिटल क्षमता विस्तार गर्नुपर्ने उनको धारणा छ।
‘आईस्मार्टको उद्देश्य सहकारीलाई प्रविधिको सीमाभित्र राख्ने होइन, प्रविधिको माध्यमबाट सम्भावनाको सीमालाई विस्तार गर्ने हो,’ महर्जनले भने।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा डिजिटल प्रविधिको विस्तारसँगै iSmart मा आईआरडी प्रोत्साहन कार्यक्रम
५ भाद्र २०८३, शुक्रबार
सहकारीकर्मी र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुँदै
२ भाद्र २०८३, मंगलवार