सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
२०८३ जेठ ११, सोमबार
काठमाडौं : सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
यसका साथै सरकारले आर्थिक वर्ष २०८३/८४ मा बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य मोटो धानको ३६६० रूपैयाँ प्रति क्विन्टल र मध्यम धानको ३८६० रूपैयाँ प्रतिक्विन्टल तोक्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे–केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै सरकारले तीन महिनादेखि निमित्तको भरमा चलिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्ति गर्ने निर्णय गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार
नवजीवन सहकारीको अध्यक्षमा गोपालराज पाठक विजयी
११ जेष्ठ २०८३, सोमबार
राष्ट्रिय सहकारी बैंकद्वारा दुवै समितिको निर्वाचन परिणाम घोषणा, यस्तो बन्यो नयाँ टीम
१० जेष्ठ २०८३, आईतवार