विकू सहकारीद्वारा महिला कृषकका लागि ‘कृषक व्यवसाय खेल’ तालिम
गैंडाकोट, नवलपुर : विकू बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना, नेफस्कूनको प्राविधिक सहजीकरण तथा जर्मन स्पार्कसेन्स्टिफ्टुङ्गको सहयोगमा ३५ जना महिला कृषक सदस्यहरूका लागि तीन दिने ‘कृषक व्यवसाय खेल’ (Farmer Business Simulation) तालिम गैंडाकोटमा सुरु भएको छ।
संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाले पानसमा दीप प्रज्वलन गरी तालिमको उद्घाटन गर्नुभएको हो। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै सदस्यहरूलाई उद्यमी तथा व्यावसायिक बनाउन संस्थाले यस्ता तालिमहरू चरणबद्ध रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो।

वैशाख १८ देखि २० गतेसम्म सञ्चालन हुने तालिममा नेफस्कूनका कार्यक्रम अधिकृतहरू रिता सुवेदी र यमकला सुवेदीले सिमुलेसन (खेल) विधिबाट निर्वाहमुखी कृषिलाई व्यावसायिक रूपमा रूपान्तरण गर्ने, जोखिम व्यवस्थापन तथा आर्थिक योजना बनाउने विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गरिरहेका छन्।
कार्यक्रममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद सापकोटा र गैरवित्तीय अधिकृत भोज बहादुर गुरौको उपस्थिति रहेको थियो भने सञ्चालन व्यवसाय विकास विभाग प्रमुख हरिराम अम्बैले गर्नुभएको थियो।
उक्त तालिमले सहभागी कृषक महिलाहरूको आर्थिक तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्ने विश्वास लिइएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विकू सहकारीद्वारा महिला कृषकका लागि ‘कृषक व्यवसाय खेल’ तालिम
२० बैशाख २०८३, आईतवार
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार