फागुन १५ गतेदेखि ‘ऋण क्लिनिक’ सञ्चालन गर्दै विकू बचत
काठमाडौं : विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले खुसी एवं स्वस्थ सदस्य निर्माणको लागि ‘ऋण क्लिनिक’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । संस्थाले २०८२ फागुन १५ गतेदेखि चैत १० गतेसम्म सम्पूर्ण सेवा केन्द्रमार्फत उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
ऋण क्लिनिकमार्फत सदस्यलाई सहज र सहुलियतपूर्ण ऋण सेवा प्रदान गरिने संस्थाले जनाएको छ। कार्यक्रम अन्तर्गत ४० वर्ष उमेरसम्मका सदस्यले ४० लाख रुपैयाँसम्म कर्जा लिन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै, नियमित किस्ता भुक्तानी गर्ने सदस्यलाई ब्याज रकममा ५ प्रतिशतसम्म छुट दिइनेछ ।
४० वर्षभन्दा माथिका सदस्यले यस अवधिमा ऋण माग गरेमा ब्याजदरमा ०.५ प्रतिशत छुटको व्यवस्था गरिएको छ भने नाम दर्ता गरी तोकिएको अवधिभित्र ऋण लिने सदस्यलाई पनि ०.५ प्रतिशत ब्याज छुट प्रदान गरिने संस्थाले जनाएको छ ।
ऋणको सिफारिसमार्फत अर्को सदस्यलाई लगानी गराउँदा सिफारिस गर्ने सदस्यलाई ब्याजदरमा ०.२५ प्रतिशत छुटको व्यवस्था संस्थाले गरेको छ।
त्यसैगरी, क्लिनिक अवधिभर पुराना ऋण सदस्यहरूलाई ब्याजदरमा ०.२५ प्रतिशत छुट दिइनेछ । हरित ऋण (विद्युतीय सवारी) मा ७० प्रतिशतसम्म लगानी गरिने र सेवा शुल्क नलाग्ने विशेष व्यवस्था गरिएको संस्थाले जनाएको छ।
संस्थाका अनुसार ‘ऋण क्लिनिक’ बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । सदस्यको वित्तीय पहुँच विस्तार, उद्यमशीलता प्रवद्र्धन तथा हरित लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव पौडेलले जानकारी दिए।
ऋण प्रवाह गर्दै संस्थाले सेवा शुल्क नलिने समेत घोषणा गरेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार