काठमाडौं महानगरपालिकाको आग्रह: सहकारीमा बचत अघि पाँच कुरा अनिवार्य जाँच्नुहोस्
काठमाडौं : काठमाडौं महानगरपालिकाले सर्वसाधारण नागरिकलाई धेरै ब्याजको प्रलोभनमा परेर सहकारीमा बचत नगर्न सचेत गराएको छ। महानगरपालिकाले सार्वजनिक गरेको सन्देशमा दुःख गरेर कमाएको पैसा सुरक्षित राख्नुअघि कम्तीमा पाँच महत्वपूर्ण विषयमा जानकारी लिन आग्रह गरिएको छ।
महानगरले बचत गर्ने सहकारी छनोट गर्दा सहकारी संस्था विधिवत् दर्ता भएको छ कि छैन?, वार्षिक लेखापरीक्षण नियमित रूपमा गरिएको छ कि छैन?, ब्याजदर स्वाभाविक र व्यवहारिक छ कि छैन?, संस्थाको वित्तीय पारदर्शिता कस्तो छ? र नियामक निकायको निगरानी तथा अनुगमनमा छ कि छैन? कुरामा ध्यान दिन सुझाव दिएको छ ।
महानगरपालिकाले यस्ता आधारभूत जानकारी नलिई केवल उच्च ब्याजदरको लोभमा निर्णय नगर्न अनुरोध गरेको छ। पछिल्लो समय सहकारी क्षेत्रसँग सम्बन्धित समस्याहरू बढिरहेका सन्दर्भमा महानगरको यो सन्देशलाई सचेतनामूलक अभियानका रूपमा हेरिएको छ।
नागरिकलाई सुरक्षित बचत र जिम्मेवार आर्थिक निर्णयतर्फ प्रेरित गर्ने उद्देश्यले महानगरले यस्तो सन्देश सार्वजनिक गरेको जनाएको छ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काठमाडौं महानगरपालिकाको आग्रह: सहकारीमा बचत अघि पाँच कुरा अनिवार्य जाँच्नुहोस्
५ फाल्गुन २०८२, मंगलवार
सहकारीमा सदस्यको व्यवसायिक संलग्नता: स्वैच्छिक कि अनिवार्य ?
५ फाल्गुन २०८२, मंगलवार