गोएमएल प्रणालीमा यथाशीघ्र आवद्ध हुन सहकारी विभागको आग्रह
काठमाडौं : सहकारी विभागले गोएमएल प्रणालीमा आवद्ध भई शंकास्पद तथा सीमा कारोबार र गतिविधि (एसटीआर/एसएआर तथा टीटीआर) सम्बन्धी रिपोर्टिङ समयमै गर्न सहकारी संघ/संस्थाहरुलाई आग्रह गरेको छ । विभागका तर्फबाट रजिष्टर उमेश ढुङ्गानाले सूचना जारी गरी एसटीआर एसएआर तथा टीटीआर सम्बन्धी प्रतिवेदन गोएमएलमार्फ गर्न आग्रह गरिएपनि सबै सहकारीहरुले त्यसको पालना नगरेको भन्दै सेचत तुल्याएका छन् ।
विभागको सूचनामा भनिएको छ, ‘वित्तीय जानकारी इकाइको उक्त प्रणालीमा आवद्ध भई कारोवारको प्रतिवेदन गर्नका लागि यस अघि पनि पटक पटक निर्देशन जारी गरिएकोमा हालसम्म उक्त प्रणालीमा आवद्ध हुने सहकारी संस्थाहरुको संख्या २२०० मात्र भएको पाइएकोले आवद्ध हुन वाँकी सहकारी संघ संस्थाहरु उक्त goAML System मा यथाशीघ्र आवद्ध हुन यो सूचना जारी गरिएको छ ।’
विभागले भनेको छ, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७ (ध) र १० (क) अनुसार सहकारी संस्थाहरुले संस्थामा भएको कारोबारको आधारमा शंकास्पद कारोवार/गतिविधि प्रतिवेदन (STR/SAR) तथा सीमा कारोबार विवरण (TTR ) हरु वित्तीय जानकारी इकाईमा रिपोर्टिङ्ग गर्नुपर्ने व्यवस्था रहेको छ ।’
विभागको सूचनमा भनिएको छ,’सहकारी विभागले जारी गरेको “सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी सहकारी सङ्घसंस्थालाई जारी गरिएको निर्देशन, २०७४” को २१ (२) मा “सहकारी संघ/संस्थामा भएको कारोवारको आधारमा सीमा तथा शंकास्पद कारोवार वित्तीय जानकारी इकाईमा पेश गर्नु पर्ने अवस्थामा सीमा तथा संकास्पद कारोवार/ क्रियाकलापको प्रतिवेदन अनिवार्य रुपमा वित्तीय जानकारी इकाईको BoAML System (Production Environment) वाट मात्र पेश गर्नु पर्नेछ । यसको लागि संघ/संस्थाहरुले आफ्नो कोर सिस्टम वा अन्य विद्युतीय माध्यममा सदस्यको विवरण अद्यावधिक गरी राख्नु पर्नेछ । विभागको सूचनमा भनिएको छ।”
नेपाल राष्ट्र वैंक, वित्तीय जानकारी इकाइले मिति २०८२/२ /८ मा जारी गरेको सूचनावाट सबै सूचक संस्थाहरुले goAML System (Production Environment) मा रजिष्टर्ड भई (STR / SAR / TTR) को रिपोर्टिङ्ग Web / XML माध्यमबाट गर्नुहुन अनुरोध गरिएको छ ।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार