२६ वैशाख २०८३, शनिवार

नेचुरल सहकारीको १७औं वार्षिक साधारण सभा अन्तर्गत एकाइ-१ सभा सम्पन्न

२०८२ मंसिर २६, शुक्रबार
नेचुरल सहकारीको १७औं वार्षिक साधारण सभा अन्तर्गत एकाइ-१ सभा सम्पन्न

काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा अन्तर्गत पहिलो एकाइ सभा संस्थाकी अध्यक्ष सर्मिला शिल्पकारको सभापतित्वमा सम्पन्न भएको छ। सेवा केन्द्र साँखुमा आवद्ध सदस्यहरूको सहभागितामा गरिएको उक्त सभाको उद्घाटन संस्थाकी सदस्य हरिदेवी कारञ्जितले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।

सभामा आ.व. २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन, ४ वर्षे रणनीतिक व्यवसायिक योजना, आगामी वर्षको वार्षिक कार्यक्रम तथा बजेटको प्रस्ताव सचिव विकल्प पाठकले प्रस्तुत गर्नुभएको थियो। त्यस्तै, लेखा परीक्षण प्रतिवेदन लेखा सुपरिवेक्षण सदस्य श्रीधर पाठकले प्रस्तुत गर्नुभएको थियो।

माता इन्द्रायणी बैंक्वेट, ब्रम्हखेलमा सम्पन्न सभामा संस्थाका उपाध्यक्ष सुरज श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो। सो अवसरमा आ.व. २०८१/०८२ मा उत्कृष्ट कारोबार गर्ने सदस्यहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो। साथै संस्थामा लामो समयदेखि सेवामूलक कार्य गर्दै आएका कर्मचारीहरूलाई दीर्घ सेवा सम्मानबाट सम्मानित गरिएको थियो।

सभाको अवसरमा जेन्जी आन्दोलनपछि क्षतिग्रस्त बनेको शंखरापुर–साँखु प्रहरी प्रभागको पुनःनिर्माणका लागि पुनःनिर्माण समिति र प्रभाग प्रमुख रमेश थापाको उपस्थितिमा संस्थाले ७५ हजार आर्थिक सहयोग प्रदान गरेको थियो।

कार्यक्रममा सदस्यहरूले उत्पादन गरेका घरेलु सामग्रीको प्रदर्शनी राखिएको थियो। साथै पिपुल्स लाइफ केयर हस्पिटल, शंखरापुर–साँखुले निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गरेको थियो।

एकाइ सभाले निर्णय प्रमाणित गर्न ८ जना प्रतिनिधि चयन गरेको छ।

अभिलेख

लोकप्रिय