सहकारी बैंकको २२औं साधारण सभा सम्पन्न, विनियम संशोधनसहितको पुनर्लेखन सर्वसम्मत पारित
काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । मङ्सिर ६ गते सातै प्रदेशमा आयोजित एकाइ साधारण सभाबाट छनौट भएका प्रतिनिधिहरूको निर्णय प्रमाणित गर्ने केन्द्रीय सभा सम्पन्न भएसँगै २२औं वार्षिक साधारण सभाको औपचारिक समापन भएको बैंकले जनाएको छ ।
साधारण सभामा बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन, आगामी आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित बजेट तथा कार्यक्रम, लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को सुपरिवेक्षण प्रतिवेदन तथा सोही वर्षको लेखापरिक्षण प्रतिवेदन तथा सभामा प्रस्तुत १५ वटा कार्यसूचीहरू, बैंकको विनियम संशोधन सहितको पुनर्लेखन सर्वसम्मत रूपमा पारित भएको बैकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंले जानकारी दिनुभयो ।

बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीको अध्यक्षतामा भएको निर्णय प्रमाणित गर्ने केन्द्रीय सभामा बैंकका सल्लाहकार लीलामणि पोखरेल प्रमुख अतिथि रहनुभएको थियो ।
सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेती, सदस्य चन्द्रकुमारी पराजुली, सञ्चालक अमृता सुब्बा, पार्वती थापा मगर, विश्वनाथ मण्डल, विजया धिताल, तारा गुरुङ, कालीबहादुर महतरा, ध्रुवराज विष्ट तथा सातै प्रदेशबाट चयन भएका प्रतिनिधिहरूको सहभागिता थियो ।
मङ्सिर ६ गते सातै प्रदेशमा सम्पन्न एकाइ साधारण सभामा सदस्य सहकारी संघ/संस्थाका प्रतिनिधिहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।
सोही अवसरमा बैंकले राष्ट्रिय तथा प्रदेश स्तरका विभिन्न विधामा सम्मान तथा पुरस्कार पनि वितरण गरेको थियो । त्यसैगरी साधारण सभाको अवसरमा बैंकमा २३ वर्षम्म सेवा प्रदान गरी हाल स्वेच्छिक अवकाश लिनुभएका बैंकका वरिष्ठ प्रबन्धक मोहन बहादुर कार्कीलाई बैंकले सम्मानपूर्वक बिदाइ गरेको छ ।
बिदाइ समारोहमा बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले कार्कीलाई मायाको चिनो प्रदान गर्दै दीर्घकालीन योगदानका लागि धन्यवाद व्यक्त गर्नुभयो । बैंकका कर्मचारीहरुको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाई तथा व्यवस्थापन समूहका सदस्यहरू, साथै केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले शुक्रवार उहाँलाई औपचारिक रूपमा बिदाइ गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार