सहकारी प्राधिकरणद्वारा नियामकीय मापदण्ड पहिलो पटक संशोधन
काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको संचालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड,
२०८२ पहिलो पटक संशोधन गरेको छ।
मापदण्डको परिच्छेद ३: ऋणको सीमा, वर्गीकरण र व्यवस्थापन सम्बन्धी व्यवस्था अन्तर्गत दफा ७ को धितो सकार गरेको सम्पत्ति सम्बन्धी व्यवस्थाको ७.२ मा भएको व्यवस्थालाइ वर्तमान आर्थिक परिस्थितिका आधारमा विश्लेषण गर्दै मंसिर ९ गते संशोधन गरेको हो।
परिच्छेद ३ को दफा ७. २ लाई देहाय वमोजिम संशोधन गरिएकोः
धितो सकार गरेको सम्पत्तिमा सकार गरेकै मितिदेखि शतप्रतिशत नोक्सानी व्यवस्था कायम गरी यथाशीघ्र विक्री गर्नु पर्नेछ । तर यस दफा अनुसार नोक्सानी व्यवस्था कायम नगरी गैर बैंकिंग सम्पत्ति सकारेका सहकारी संस्थाको हकमा निम्न शर्तका अधिनमा रही एकपटकका लागि २०८३ असार मसान्तसम्म ग़ैर बैंकिंग सम्पत्तिका लागि ५० प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नसक्ने छन् । यस व्यवस्थाले संस्थाले चाहेमा शतप्रतिशत नोक्सानी व्यवस्था गर्न वाधा पर्ने छैन ।
(क) यो व्यवस्था २०८२ असार मसान्तभन्दा अगाडिनै सकार गरिसकेको धितोको हकमा मात्र लागू हुनेछ । त्यसरी सकार गरेको धितोको हकमा आ.व. २०८२ / ०८३ मा ५० प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।
(ख) गैर बैंकिङ सम्पत्ति सकार गर्दा त्यस्ता सम्पत्तिको पुनः मूल्यांकन गर्नुपर्नेछ, यसरी गरिने मूल्यांकन फरक मुल्यांकनकर्ताद्वारा गराउनुपर्नेछ ।
(ग) धितो सकार गरी शतप्रतिशत नोक्सानी व्यवस्था नगर्ने सहकारी संस्थाले कर्जाको शत प्रतिशत कर्जा नोक्सानी ब्यबस्था नगरेसम्म नाफाबाट कुनै किसिमको लाभांश तथा बोनस वितरण गर्न पाउने छैन ।
(घ) एक करोडभन्दा बढी रकमको गैर बैंकिङ सम्पत्ति रहेका सहकारी संस्थाको हकमा गैरबैंकिङ सम्पत्तिको विक्रीगर्ने सम्बन्धी समय तालिकासहितको कार्ययोजना संचालक समितिबाट स्वीकृत गरी वाह्य लेखापरीक्षकबाट प्रमाणित गराएर प्राधिकरणमा पेश गर्नुपर्नेछ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार