सहकारीले कर्जा सूचना केन्द्रको सदस्यता लिने बाटो खुला
काठमाडौं : बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूले कर्जा सूचना केन्द्र लिमिटेडको सदस्यता लिने बाटो खुला भएको छ। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले एक सूचना जारी गर्दै कर्जा सूचना केन्द्रमा आवद्ध हुन सहकारीहरुलाई आव्हान गरेको छ ।
मंसिर ९ गते सम्पन्न प्राधिकरण बोर्ड बैठकले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सम्पूर्ण सहकारी संस्थाहरूलाई कर्जा सूचना केन्द्रमा आबद्धताका लागि आह्वान गर्ने निर्णय गरेको थियो ।
प्राधिकरणले सम्पूर्ण सहकारी संस्थाहरू अनिवार्य रूपमा कर्जा सूचना केन्द्रमा सदस्यताका लागि केन्द्रले सूचना जारी गरेपछि आवेदन दिइ आवश्यक प्रक्रिया पूरा गरेर सदस्यता प्राप्त गर्नुहुन समेत सूचित गरेको छ।
प्राधिकरणले सहकारीलाई केन्द्रमा आबद्ध गराउन आवश्यक प्राविधिक तथा कार्यगत तयारी र सहजीकरणका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट कर्जा सूचना केन्द्र लिमिटेडसँग चरणबद्दरुपमा गरिएका बैठक तथा छलफल भएको थियो ।
कात्तिक २८ गते प्राधिकरण व्यवस्थापन, कर्जा सूचना केन्द्र र सहकारी अभियानका प्रतिनिधिहरूबीच गरिएको कर्जा सूचना केन्द्र लिमिटेडको सदस्यता प्राप्त गर्ने प्रक्रिया, तथ्यांक व्यवस्थापन प्रणाली र ऋण कारोबारसम्बन्धी सूचना आदानप्रदानको अभिमुखीकरण कार्यक्रम पश्चात् कर्जा सूचना केन्द्रले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाइ सदस्यताकालागि आवश्यक सहजीकरण गरिदिनका लागि प्राधिकरणसमक्ष आग्रह गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार