१७ वैशाख २०८३, बिहिबार

पौष ३ र ४ गते पाँचौँ ‘साकोस शिखर गोष्ठी’ गर्दै नेफ्स्कून, नाम दर्ता खुला

२०८२ मंसिर ४, बिहिबार
पौष ३ र ४ गते पाँचौँ ‘साकोस शिखर गोष्ठी’ गर्दै नेफ्स्कून, नाम दर्ता खुला

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को आयोजनामा पौष ३ र ४ गते ‘साकोस शिखर गोष्ठी- २०८२’ हुने भएको छ।

‘सञ्जालिकृत अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन’ भन्ने मुल भाव र संकल्पसहित पाँचौँ साकोस शिखर गोष्ठीको आयोजना गरिएको नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले जानकारी दिनुभयो ।

नेफ्स्कूनले वि.सं. २०६८ सालदेखि प्रत्येक तीन वर्षमा साकोस शिखर गोष्ठी आयोजना गर्दै आइरहेको छ।

हेरिटेज गार्डेन, सानेपा हाईट, ललितपुरमा हुने गोष्ठी समापन लगत्तै पौष ४ गते नेफ्स्कूनले ३४औं वार्षिक साधारण सभा गर्नेछ ।

गोष्ठीमा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारी तथा सहकारी क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहने सीईओ सापकोटाले बताउनुभयो ।

गोष्ठीमा सुशासन प्रवद्र्धन तथा रणनीतिक रूपान्तरणलाई केन्द्रमा राखेर आयोजना गरिएको गोष्ठीमा सहकारीका चुनौती, कानुनहरुको पालना, नियामकीय व्यवस्था, नेतृत्व रुपान्तरण र नियामकीय अनुकुलनका सम्बन्धमा विज्ञहरुद्धारा कार्यपत्र प्रस्तुत हुनेछन् ।

गोष्ठीमा देशभरबाट ७०० भन्दा बढीको सहभागीता रहने अपेक्षा नेफ्स्कूनले गरेको छ। कार्यक्रममा सहभागिता जनाउन अनलाईन फारममार्फत दर्ता गरि सहभागिता जनाउन सकिने संघले जनाएको छ।

अभिलेख

लोकप्रिय