१७ वैशाख २०८३, बिहिबार

नेफ्स्कूनको ३४औं साधारण सभा पौष ४ गते, मंसिर २५ भित्र प्रतिनिधि पठाइ सक्नुपर्ने

२०८२ मंसिर ४, बिहिबार
नेफ्स्कूनको ३४औं साधारण सभा पौष ४ गते, मंसिर २५ भित्र प्रतिनिधि पठाइ सक्नुपर्ने

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)ले ३४औं वार्षिक साधारण सभा बोलाएको छ । संघले पौष ४ गते हेरिटेज गार्डेन, सानेपा हाईट, ललितपुरमा साधारण सभा बोलाएको हो ।

साधारण सभामा ९ वटा प्रस्तावहरु पेश हुने र उक्त प्रस्ताव उपर छलफल छलफल गरी साधारण सभाले पारित गर्नेछ।

साधारण सभामा सहभागि हुन आधिकारिक प्रतिनिधि मनोनयन गरी मंसिर २५ गते भित्र पठाउन सदस्यहरुलाई नेफ्स्कूनले अनुरोध गरेको छ। मनोनयन गरिएका प्रतिनिधिलाई आधिकारिक पत्रसहित साधारण सभामा उपस्थितिका लागि संघले अनुरोध गरेको छ।

साधारण सभामा उपस्थितिका लागि आर्थिक वर्ष ०८२/८३ को नवीकरण, २०८२ मंसिर महिनासम्मको नियमित बचत जम्मा गर्न र आ.व. ०८१/८२ सम्मको लेखापरीक्षण प्रतिवेदन, साधारण सभाको निर्णय एवम् वार्षिक प्रगति प्रतिवेदन मिति २०८२ मंसिर २५ भित्र संघको सदस्य सूचना प्रणालीमा पेश गर्न समेत नेफ्स्कूनले अनुरोध गरेको छ।

अभिलेख

लोकप्रिय