भक्तपुर जिल्ला संघको २१औं साधारण सभा सम्पन्न, सदस्यलाई ४.६ प्रतिशत लाभांश
काठमाडौं : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २१औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।
सभाको प्रारम्भमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. का अध्यक्ष चन्द्र प्रसाद ढकालले वर्तमान अवस्थामा सहकारी संघ संस्थाको अवसर र चुनौती विषयमा सहकारी शिक्षा प्रदान गर्नुभएको थियो । उहाँले सहकारी सघ संस्थाहरुले सुशासन कायम गरेमा सहकारीका धेरै समस्याहरु समाधान हुने बताउनुभयोे । प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाले कारोबार गर्न बचत तथा ऋण सहकारी संघ आबश्यकता रहेको स्पष्ट पार्नुभयो । बचत तथा ऋण सहकारीमा शुद्धिकरण आवश्यक रहेको तर कारोबार नै गर्न नदिने नियन्त्रण गर्न नमिल्ने उहाँको भनाई थियो ।
संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको थियो । उहाँले सहकारीको विकल्प सहकारी नै हो, कुनै बैंङ्क तथा वित्तीय संस्था हुन सक्दैन बताउनुभयो । समुदाय केन्द्रीत र सहकारी मुल्य मान्यता र सिद्धान्त बमोजिम सञ्चालित सहकारी सङ्घ संस्थाहरुमा परिस्थितिवश केहि समस्या भएतापनि जटिल समस्या नरेको बताउनुभयो । विषम परिस्थितिमा सदस्य तथा समाजमा सेवा पु¥याइरहेका सहकारी सङ्घ संस्थाहरुलाई सकुञ्चनमा ल्याउन र जिल्ला बचत सङ्घ लगायत सहकारी सङघहरुलाई आफ्नो सदस्य संस्थाहरुबीचको वित्तीय कारोवारलाई रोक लगाउने खालका मापदण्ड र निर्देशनहरु जारी भएकोमा विरोध जनाउदै आएको कुरा बताउनुभयो ।
संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले संघ स्थापनाको चर्चा गर्दै संघ स्थापनाको मर्म बमोजिम संघले कार्य गर्दै आएकोमा खुशी व्यक्त गर्नुभयो । संघका उपाध्यक्ष हरीकृष्ण बल्लले स्वागत मन्तव्य राख्दै नियमनकारी निकायको बहु निर्देशनको चपेटामा सहकारी संघ संस्थाहरु रहेको बताउनुभयो ।
संघका सचिव जगनाथ प्रजापतिले बार्षिक प्रगति प्रतिवेदन पेश गर्दै लामो समयदेखि स्वायतता र स्वनियमको नाममा एकलौटी व्यवसाय भैंm सञ्चालन गरिरहेका सहकारीका सञ्चालकहरूले जनताको निक्षेप फिर्ता नदिई भाग्ने प्रवृति अझै रोक्न नसकेकोमा चिन्ता व्यक्त गर्नु भयो । उहाँले सहकारी अभियानमा देखापरेका विकृति र विसंगति रोक्न आफैवाट सुरु गर्नुपर्ने आवश्यकता औल्याउनुभयोे । उहाँले जनताको पैसा निक्षेप फिर्ता नदिई भाग्ने सञ्चालक तथा कर्मचारीहरुलाई कुनै पनि राजनैतिक दवाव र प्रभावमा नपारी हदैसम्मको कार्वाही गर्नु पर्ने विचार राख्नुभयो । सचिव प्रजापतिले पेश गर्नुभएको आ.व. २०८/०८२ को वार्षिक प्रगति प्रतिवेदन र आ.व. २०८२/०८३ मा २८ लाखको प्रस्तावित कार्यक्रमहरु साधारण सभाले पारित गरेको थियो ।
संघका कोषाध्यक्ष कान्छा भक्त घःजुले आर्थिक प्रगति प्रदिवेदन पेश गर्दै बचत तथा ऋण सहकारीमा बचत तथा ऋणको सन्तुलन कायम गर्न चुनौती बढेको बताउनुभयो । उहाँले सहकारी संघ संस्थामा तरलता बढदै गएको तर ऋण मागका कमिका कारण ऋण लगानी घट्दै जाने अवस्थाले सहकारी संचालनमा सकस थप्दै गएको बताउनुभयो । उहाँले पेश गरेका आ.व.२०८१/०८२ को वासलात तीन अर्ब बाह्र करोड, आय एक करोड सात लाख सहितको आर्थिक प्रगति प्रतिवेदन र आ.व.२०८२/०८३ को वासलात तीन अर्ब पन्ध्र करोडको अनुमानित बजेट सभाले पारित गरेको थियो ।
लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले आ.व. २०८१/०८२ को लेखा सुपरिवेक्षण प्रतिवेदन पेश गर्दै मौजुदा सहकारी ऐन, कानुन र निर्देशनका आधारमा संघको कारोबारलाई सिमिततामा ल्याउँदा अझ घट्ने भएकोले संघ सबलिकरणका कार्यक्रम तथा योजना ल्याउनुपर्ने विचार राख्नुभयो । सभाले शेयर लाभांष कोषबाट ४.६ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको थियो । साथै सहकारी ऐन नियमावली अनुसार संरक्षित पुँजी फिर्ता कोष फिर्ता गर्ने प्रस्ताव समेत पारित गरेको थियो ।
संघको सो साधारणबाट अध्यक्ष हरिकृष्ण बल्लको नेतृत्वमा ९ सदस्यीय संचालक समिति र लेखा सुपरिवेक्षण समिति संयोजक दामोदर न्यौपानेको नेतृत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको थियो । उक्त सभामा २०३ सदस्य संस्थामध्येबाट १७७ जना प्रतिनिधिको उपस्थिति रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार