तिलेश्वर बहुउद्देश्यीय सहकारीका प्रतिनिधि सुयोग्य साकोसमा, असल अभ्यास आदान प्रदान
काठमाडौं : कोटेश्वर स्थित सुयोग्य बचत तथा ऋण सहकारी संस्थामा ललितपुरको तिलेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधिहरुले अध्ययन अवलोकन भ्रमण गरी असल अभ्यास सम्बन्धी अनुभव आदान प्रदान गरेको छ।
तिलेश्वर सहकारीका अध्यक्ष नरेन्द्र देसारको नेतृत्वमा प्रमुख कार्यकारी अधिकृत सहितको टोलीले सुयोग्य साकोसको भ्रमणसँगै अन्तरक्रिया गरेको हो।
सोही अवसरमा आयोजित अन्तरक्रियाको अध्यक्षता सुयोग्य साकोसका अध्यक्ष टेकबहादुर लिम्बुले गरेका थिए भने उपाध्यक्ष पमी न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो । संस्थाको परिचय तथा आगामी कार्यदिशाबारे प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले प्रस्तुतीकरण गर्नुभएको थियो ।
सहकारीका असल अभ्यास आदान-प्रदान कार्यक्रमले सहभागी दुवै संस्थाका लागि ज्ञान, अनुभव र सीप साटासाट गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको सहभागीहरूको भनाइ छ। अध्ययन अवलोकनमार्फत एक अर्काका सफल अभ्यास, व्यवस्थापन प्रणाली र सदस्य-सेवा पद्धति बुझ्न पाउँदा सुधारका नयाँ दृष्टिकोण र कार्यदिशा तय गर्न सहयोग पुगेको बताइएको छ।
यस्ता कार्यक्रमहरूले सहकारीबीच सहकार्य र सञ्जाल विस्तारका साथै नवप्रवर्तनशील सोच, पारदर्शिता र सुशासन प्रवर्द्धनमा समेत टेवा पुर्याउने विश्वास लिइएको छ।
साथै, सहभागीहरूले यस किसिमको अनुभव आदान-प्रदानले संस्थागत क्षमता अभिवृद्धि र सदस्य केन्द्रित सेवाको गुणस्तर सुधारमा समेत योगदान पुर्याउने निष्कर्ष निकालेका छन्।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार