मधेश प्रदेशमा सहकारीहरूको संयुक्त अनुगमन सुरु
प्रदेश सहकारी रजिष्ट्रार रुपेश कुमार साहको नेतृत्वमा गठित संयुक्त टोलीमा नेपाल राष्ट्र बैंक, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधिहरू समेत सहभागी छन्।
काठमाडौं : मधेश प्रदेश, प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले आफ्नो कार्यक्षेत्रभित्रका सहकारी संस्थाहरूको संयुक्त अनुगमन तथा निरीक्षण कार्य प्रारम्भ गरेको छ।
कार्तिक १७ देखि २३ गतेसम्म सञ्चालन हुने सो अनुगमन अन्तर्गत हालसम्म सप्तरीको जनज्योती कृषि सहकारी संस्था लिमिटेड (राजविराज), बाराको साना किसान कृषि सहकारी संस्था लिमिटेड (डुमरवाना) र धनुषाको जनकपुर सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निरीक्षण कार्य सम्पन्न भएको कार्यालयले जनाएको छ।
प्रथम चरणमा प्राप्त प्रारम्भिक प्रतिवेदनका सिफारिसका आधारमा सम्बन्धित संस्थालाई आवश्यक निर्देशन पठाउने तयारी भइरहेको रजिष्ट्रार कार्यालयले जनाएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार
समुदायको सुख–दुःखमा सहकारी : आइडियल साकोसको राहत कोषमा अर्थपूर्ण योगदान
१५ भाद्र २०८३, सोमबार
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार