सदस्यका परिवारलाई विषहारामाई सहकारीद्वारा बीमा रकम हस्तान्तरण
महोत्तरी : विषहारामाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मृतक सदस्यको परिवारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ।
औरही न.पा. ७, भोइलमा सञ्चालित विषहारामाई सहकारीले मृतक सदस्यको हकवालालाई रामगोपालपुर न.पा.वडा नं ५ का वडा अध्यक्ष मुकेश्वर शर्माले एका कार्यक्रमको बीच बीमा बापतको ४ लाख ६२ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।
संस्थाले मृतक रघुनाथ साहलाई ९ लाख ५० हजार ऋण लगानी गरी त्यसको बीमा सिटिजन लाइफ इन्सुरेन्स कम्पनीसँग गरेको थियो। बीमा दाबी गर्दा सिटिजनले ९ लाख ६० हजार संस्थालाई भुक्तानी गरेको थियो । संस्थाले आफ्नो ऋण चुक्ता गरी बाँकी पैसाको चेक मृतकका छोरा रामजीवन साहलाई हस्तान्तरण गरेको हो ।
रकम हस्तान्तरण कार्यक्रममा यस संस्थाका उपाध्यक्ष प्रभु साह, सचिव राम नारायण साह, साना किसान कृषि सहकारी संस्था रामगोपालपुरका प्रबन्धक प्रमोद कुमार मण्डल, संस्थाका व्यवस्थापक संजय कुमार यादब, लेखापाल रामश्रय यादव, रामबली मण्डल, स्थानिय बासी र अन्य सदस्यहरुको उपस्थिति थियो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार