बागमती प्रदेश सरकार मातहतका सहकारीको फाइल जलेर नष्ट, अद्यावधिक गर्न विवरण माग
काठमाडौं : बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जेन जी आन्दोलनको क्रममा जलेको अभिलेख अद्यावधिक गर्न मातहतका सहकारीहरुसँग विवरण मागेको छ।
मन्त्रालयले असोज २२ गते एक सूचना जारी गर्दै आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट सहकारीको अभिलेख नष्ट उल्लेख गर्दै पुनः संग्रह गर्नका लागि नियमन क्षेत्राधिकार भित्रका सहकारी संघ/संस्थाहरुलाई विवरण पठाउन आग्रह गरेको हो।
सहकारी तथा गरिबी निवारण महाशाखाले मातहतका सहकारीलाई आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिलि भौतिकरुपमा महाशाखामा पठाउन सूचित गरेको छ।
सहकारी संघ.संस्थाहरुलाई आर्थिक वर्ष २०८१/८२को वार्षिक साधारण सभाको उपस्थिति विवरण तथा निर्णयको प्रतिलिपि, बहालवाला संचालक समितिका सदस्यहरुको फोटो र हस्ताक्षर सहितको तीन पुस्ते विवरण र नागरिकताको प्रतिलिपि र संस्थाको स्वीकृत विनियम तथा संस्थाको दर्ता प्रमाणपत्रको प्रतिलिपि पठाउन महाशाखाले आग्रह गरेको हो।
यसैगरी सहकारीले आ.व. २०७९/ ८० र २०८०/८१ को साधारण सभाको विवरण र लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि तथा लेखा परीक्षक नियुक्तिको विवरण, पछिल्लो दुई कार्यकालको संचालक समितिका सदस्यहरुको फोटा तथा हस्ताक्षर सहितको तीनपुस्ते विवरण र नागरिकताको प्रतिलिपि र संस्थाको कर चुक्ता प्रमाणपत्र वा म्याद थप पत्रको प्रतिलिपि समेत पठाउनुपर्ने भएको छ।
यस्तै हाल सम्म कोपोमिस प्रणालीमा विवरण अद्यावधिक गरेको प्रमाणका साथै मन्त्रालयको वेबसाईटमा रहेको सहकारी अद्यावधिक विवरण २०८१/८२ फारम भरेको प्रमाण पनि महाशाखामा पठाउने फाईलमा समावेश गर्नुपर्ने भएको छ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार