चन्द्रागिरि साकोसको सदस्य शिक्षा तथा विस्तारित भेला गोदावरीमा सम्पन्न
काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले ललितपुरको गोदामचौर र बडिखेलमा सदस्य शिक्षा तथा विस्तारित भेला सम्पन्न गरेको छ ।
संस्थाको पाटन सेवा केन्द्रको आयोजनामा भएको कार्यक्रममा गोदामचौरमा कृष्ण महिला समूह र बडिखेलमा सृजनशील बिउ उत्पादक कृषक समूहका ४० जना सदस्यहरूको सहभागिता थियो ।
पाटन सेवा केन्द्रका इन्चार्ज राजेश बहादुर थापा मगरले संस्थाको परिचय, हालको वित्तीय अवस्था, सदस्यको भूमिका, सहकारीमा सदस्यता लिनेदेखि सहकारीमा कारोबार गर्ने प्रक्रिया र सदस्यहरुले प्राप्त गर्ने सुविधा सम्मका विषयमा विस्तृत जानकारी गराउनु भएको थियो ।

भेलामा सहभागी सदस्यहरूले चन्द्रागिरि साकोसको सदस्य सेवा, पारदर्शी कार्यशैली र दीगो सेवा प्रवाहको बारेमा सकारात्मक प्रतिक्रिया जनाएका थिए । साथै सबै सदस्यहरूले आफ्ना समूहमा सक्रियता बढाउँदै सहकारीसँग अझै नजिक हुने प्रतिवद्धता व्यक्त गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार