बिन्धवासिनी साकोसको ३२औं साधारण सभा एकाईगत रुपमा सम्पन्न, असोज ८ मा निर्णय प्रमाणिकरण सभा
काभ्रेपलाञ्चोक : बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३२औं वार्षिक साधारण सभा एकाईगत रुपमा सम्पन्न गरेको छ ।
संस्थाले असोज ३ र ४ गते विभिन्न स्थानमा एकाईगत र उप एकाई रुपमा साधारण सभा सम्पन्न गरेको हो । संस्थाले बनेपा, पाँचखाल, ढुखर्क र बानेश्वर एकाई र त्यस अन्तर्गत विभिन्न उप एकाईमा असोज ३ गते साधारण सभा गरेको थियो ।

त्यस्तै शनिबार (असोज ४ गते) खोपासी, पनौती र भकुण्डेमा एकाई र त्यस अन्तगर्त उप एकाईमा साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभाको निर्णय प्रमाणिकरण सभा भने असोज ८ गते संस्थाको मुख्य कार्यालय बनेपामा हुने प्रमुख कार्यकारी अधिकृत केबी लामा स्याङ्तानले जानकारी दिनुभयो । हरेक एकाई सभाबा निर्णय प्रमाणिकरण सभाका लागि प्रतिनिधि छनोट भइसकेको छ ।
संस्थामा ५९ हजार ३ सय ७१ सदस्य र १२ हजार १ सय ८६ बाल बचतकर्ता जोडिएका छन् ।
चालु आर्थिक वर्षको असोज २ गतेसम्म संस्थाले ५ अर्ब ४३ करोड २७ लाख ७ हजार ८० रुपैयाँको कारोबार गरेको नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले जानकारी दिनुभयो । सहकारीमा ५४ करोड ९० लाख ७ हजार ५ सय शेयर पुँजी, ४ अर्ब ६ करोड ४५ लाख ८६ हजार ३ सय १५ रुपैयाँ बचत छ भने ३ अर्ब ५४ करोड ३१ लाख १८ हजार ऋण लगानी गरेको छ ।
साधारण सभाको अवसरमा संस्थाले विभिन्न विधामा सदस्य, बाल बचतकर्ताहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार