१० वटै सेवा केन्द्रमा जनउत्थानको साधारण सभा, लाभांश र संरक्षित पुँजी कोषको रकम बाँडफाँड सकियो
सदस्यलाई १० प्रतिशत शेयर लाभांश
रुपन्देही : तिलोत्तमा-१५, कोटिहवामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेवा केन्द्र स्तरिय २० औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाको १० वटा सेवा केन्द्र छन् । १० वटै सेवा केन्द्रमा शनिबार नै साधारण सभा सम्पन्न गरेको हो ।

एकै दिन १० वटै फरक फरक सहकारी जस्तै गरि उही नीति, प्रक्रिया, व्यवस्थापनमा एकरुपताको साथ उल्लासपूर्ण सदस्य सहभागिताका साथ सम्पन्न भएको संस्थाका अध्यक्ष गिरीप्रसाद पुनले जानकारी दिनुभयो ।
३१ जनाले सय सय रुपैयाँ उठाएर बाग्लुङ सामुदायिक संस्थाबाट शुरु भई २०६२ पौष १ गते जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. को रुपमा दर्ता भएको थियो । हालसम्म जनउत्थान साकोस, पहुँच महिला साकोस, गौमुखि साकोस, बुद्ध बहुउद्देश्यीय सहकारी, पटाकसार साकोस, सुदृढ साकोस र सगोल महिला साकोस एकीकरण भएको छ । २० वर्षको यात्रामा जनउत्थानमा ३९ हजार २ सय ३७ सदस्यहरुबाट करिब ४ अर्ब ४४ करोड पुँजी संकलन गर्न सफल भएको अध्यक्ष पुनले बताउनुभयो ।

साधारण सभाले पारित गरेको १० प्रतिशत शेयर लाभांश र १ करोड ५९ लाख रुपैयाँ संरक्षित पुँजीकोष नियमानुसार ऋण तथा बचतको कारोबारको आधारमा सबै सदस्यको खाता जम्मा समेत भैसकेको संस्थाका व्यवस्थापक रणबहादुर थापाले जानकारी दिनुभयो ।
हर्जाना तिरेका ऋणी सदस्यहरुलाई कारोबारको आधारमा पाउने संरक्षित पुँजी फिर्ता कोषको रकम प्राप्त नगरेको उहाँले बताउनुभयो । सदस्यहरुले संरक्षित पुँजीकोष बचत तथा ऋण कारोबारको आधारमा अधिकतम् ३० हजारसम्म पाएको उहाँले बताउनुभयो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार