प्रहरी कार्यालयको पुनःस्थापनामा खटिनेलाई नव विश्वास सहकारीको खाजा-पानी
काठमाडौं : नव विश्वास बचत तथा ऋण सहकारी संस्थाले जेन जी प्रदर्शनका क्रममा क्षति पुगेको गोंगबु बसपार्कमा स्थित प्रहरी वृतको भौतिक संरचना पुनःस्थापनामा खटिने कर्मचारी तथा समाजसेवीलाई खाजा तथा पानीको व्यवस्था मिलाएको छ ।
संरचना पुनस्थापनामा खटिएका ४० जना प्रहरी र समाजसेवीलाई सोमबार संस्थाले खाजा र पानीको व्यवस्था मिलाएको हो । गोंगबु सेवा केन्द्रका प्रमुख बिशाल भट्टको नेतृत्वमा गएको संस्थाका कर्मचारीहरुले खाजा र पानी वितरण गरेका थिए ।
संस्थाकी अध्यक्ष राधिकारी काप्रीले भनिन्, ‘जेनजी प्रदर्शनमा भएको क्षति केवल केही संरचना भत्किनु मात्र होइन, मानवीय पीडा, आँसु र शोकसँग जोडिएको छ । यस्ता घडीमा सहकारी संस्थाले समाजप्रति उत्तरदायित्व देखाउनैपर्छ । सहकारीहरू समाजसँगै उभिनुपर्छ । हाम्रो खाजा–पानी वितरण ठूलो देखिँदैन होला तर यो मानवीयताको सन्देश हो । संकटमा सँगै उभिन सक्नु नै समाजलाई बलियो बनाउने आधार हो ।’
सानो सहयोगले ठुलो राहत दिने र आ-आफ्नो क्षेत्रबाट सबैले सक्दो सहयोग गर्न समेत संस्थाले आव्हान गरेको छ ।
भाद्र २३ र २४ गतेको जेन जी प्रदर्शनका क्रममा मानव जिवन, निजी तथा सार्वजनिक सम्पत्ती माथी भएको क्षति प्रति संस्थाले दुःख व्यक्त गरेको छ । साथै घाइतेहरुमा शिघ्र स्वास्थ्य लाभको कामना, बिरगती प्राप्त प्रति हार्दिक श्रद्धाञ्जली अर्पण, शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
काठमाडौंको इन्द्रचोकमा प्रधान कार्यालय र गोंगबुमा सेवा केन्द्र रहेको नव विश्वास सहकारी सदस्यहरुलाई वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वको काममा क्रियाशिल छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार