२६ वैशाख २०८३, शनिवार

विशाल बचतको रजत जयन्तीमा चौतारी पुनर्निर्माण

२०८२ भदौ ११, बुधबार
विशाल बचतको रजत जयन्तीमा चौतारी पुनर्निर्माण

कास्की : पोखरा-४, बुद्ध बिशाल बजार स्थित विशाल बचत तथा ऋण सहकारी संस्था २६ वर्षमा प्रवेश गरेको छ।

वि.सं. २०५७ भाद्र ११ गते तत्कालिन सहकारी डिभिजन कार्यालय कास्कीमा संस्था दर्ता भएको थियो । रजत जयन्तीको अवसरमा संस्थालेपोखरा१८, स्थित राष्ट्रिय विभूती पार्क परिसरमा वृक्षारोपण एवम् चौतारी पुनर्निर्माण गरेको छ ।

संस्थाका अध्यक्ष शिव शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पार्क व्यवस्थापन समितिका उपाध्यक्ष लक्ष्मण तिमिल्सिना, जिल्ला सहकारीसंघ कास्कीका महासचिव दीपक प्रकाश आचार्य, राष्ट्रिय सहकारी बैंकका प्रदेश प्रमुख नरेश पाण्डे कास्की बचत तथा ऋण सहकारीसंघका अध्यक्ष शेर बहादुर कार्कीको उपस्थिति थियो

संस्थाका संस्थापक अध्यक्ष भुवन नेम्कुल, लेखा संयोजक रामकृष्ण दुवाडी, संचालक समितिका सदस्यहरु, विभिन्न उपसमितिका सदस्य कर्मचारीहरुको समेत उपस्थिति थियो

संस्था सचिव प्रदीप कुमार मुल्मीले संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष ईन्द्रराज अर्यालले स्वागत मन्तव्य संचालक ईउलकुमारी पुनलेसहकारी सिद्धान्त बाचन गरेका िए

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै कास्की बचत संघका अध्यक्ष शेर बहादुर कार्कीले विशाल बचतले २५ वर्षदेखि संचालन गर्दैआएका असल अभ्यासहरुको सबै बित्तीय सहकारीहरु अनुसरण गर्न जरुरी रहेको बताए।

सहकारी बैंकका प्रदेश प्रमुख नरेश पाण्डेले सहकारी संस्थाहरुले गरिरहेका असल एवम् नविन कार्यहरुको प्रचार प्रसार कम भएको हुँदानकारात्मक समाचारको प्रचार बढभएको बताए जिल्ला सहकारी संघकास्कीका महासचिव दीपक प्रकाश आचार्यले सहकारी सिद्धान्तअनुरुप विशाल बचतले समुदाय एवम् वातावरण प्रतिको उत्तरदायित्व बहन गरि प्रशंसनीय कार्य गरेकामा धन्यवाद सहित निरन्तरताकोशुभकामना व्यक्त गरेका थिए

उक्त कार्यक्रमका प्रमुख अतिथि लक्ष्मण तिमिल्सिनाले संस्थाले विगत लामो समयदेखि वृक्षारोपण सरसफाई, चौतारी पूर्ननिर्माण लगायतकाकार्यहरुमा पार्क व्यवस्थापन समितिसँग सहकार्य गरिरहेको आगामी दिनमा समेत यस प्रकारको सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यमालागिरहोस् भन्दै यस प्रकारका कार्यक्रमहरुमा आफ्नो सदा सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

संस्थाका अध्यक्ष शिव शर्माले आभार एवं धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत यसै प्रकारको सक्रिय सहभागिताको निमित्त अनुरोध गर्दैकार्यक्रम समापन गरेका थिए।

अभिलेख

लोकप्रिय