कुशे औंसीको अवसरमा चण्डेश्वरी साकोसद्वारा ११५ सदस्यलाई सम्मान
बनेपा (काभ्रे) : चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्य पिताहरुलाई सम्मान गरेको छ । बार्षिक कार्ययोजना अनुसार संस्थामा आबद्ध ७५ वर्ष माथिका जेष्ठ पुरुष सदस्यहरुलाई कुशे औँशीको अवसरमा सम्मान गरिएको हो ।

महिला विकास उप समितिको संयाजकत्व तथा संस्थाका अध्यक्ष नबिन भक्त बादे श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका सामाजिक बिकास मन्त्री कञ्चन चन्द्र बादेको प्रमुख अतिथ्यता थियो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे श्रेष्ठको विशेष आतिथ्यता थियो भने संस्थाका प्रमुख सल्लाहकार एवं बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चालक विकास बादे, बनेपा वडा नंं ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धर, जेष्ठ नागरिक जिल्ला संघ काभ्रेका अध्यक्ष शिद्धि बहादुर कर्मचार्यको समेत आतिथ्यता थियो ।

कार्यक्रममा संस्थामा आबद्ध ७५ वर्ष माथिका ११५ जना जेष्ठ पुरुष सदस्यलाई साकोसले सम्मान गरेको छ । साथै संस्थामा उत्कृष्ट वित्तीय कारोबारमार्फत संरक्षित पुँजी फिर्ता कोषबाट उच्चतम रकम प्राप्त गर्ने ३ जना जेष्ठ सदस्यहरुलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रमको संचालन नाला सेवाकेन्द्र प्रमुख नबिना श्रेष्ठले गरेका थिए ।
संस्थाले हरेक वर्ष जेष्ठ सदस्य सम्मान कार्यक्रम गर्दै आएको छ । कुशे औंसीको अवसरमा पिताहरुलाई र मातातिर्थ औंसीको अवसरमा आमाहरुलाई सम्मान गर्ने गरेको छ।
कार्यक्रमको अवसरमा चण्डेश्वरी साकोस परिवारद्धारा संस्थाका पुर्व उपाध्यक्ष समेत रहेका सामाजिक विकास मन्त्री कञ्चन चन्द्र बादेलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीका मात्रै होइन, अभियान सुधारका लागि अध्यादेश ल्याएका हौं: सचिव भुजेल
२५ बैशाख २०८३, शुक्रबार
नेचुरल सहकारीले मनायो स्थापना दिवस, डिजिटल लेन्डिङ सेवा सुरु
२४ बैशाख २०८३, बिहीबार
१९औँ स्थापना दिवसमा नेचुरल सहकारीको १९ प्रतिवद्धता
२४ बैशाख २०८३, बिहीबार