राष्ट्रिय सहकारी नियमन प्राधिकरणका दुई सदस्यद्वारा शपथ ग्रहण
२०८२ भदौ २, सोमबार
काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सदस्यहरुमा नियुक्त भएका डा. रमेश चौलागाईं (विज्ञ सदस्य) र सीए महेश खनाल (सीए सदस्य)ले आज औपचारिक रुपमा नियुक्त पत्र बुझ्दै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सदस्यद्वय चौलागाई र खनाललाई नियुक्त प्रदान गर्नुका साथै पद तथा गोपनियताको सपथग्रहण गराएका हुन्। सपथग्रहण कार्यक्रममा सचिव केदारनाथ शर्मा, प्राधिकरणका अध्यक्ष डा. खगराज शर्मा, सहसचिव एवं प्राधिकरणका सदस्य मदन कोईराला लगायतको उपस्थिती थियो ।
शपथ ग्रहण लगत्तै प्राधिकरणको कार्यालय पुल्चोकमा पुगेर सदस्यद्वयले पदभार ग्रहण गरेका थिए । यो सँगै प्राधिकरणले पूर्णता पाएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार