२६ वैशाख २०८३, शनिवार

नेफ्स्कून पत्रकारिता पुरस्कार कुँवरलाई

२०८२ साउन ३१, शनिवार
नेफ्स्कून पत्रकारिता पुरस्कार कुँवरलाई

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार कौशिला कुँवरलाई प्रदान गरिएको छ ।

नेफ्स्कुनको ३८औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित औपचारिक कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त पुरस्कार हस्तान्तरण गरेका थिए ।

एक दशक बन्दा बढी समयदेखि आर्थिक तथा सहकारी क्षेत्रका विविध विषयवस्तुमा कुँवरले कलम चलाउँदै आएकी छिन् ।

सहकारी अभियानका विविध आयामलाई उजागर गर्नुका साथै पत्रकारिताका माध्यमबाट सहकारीको प्रवद्र्धन र खबरदारीमा पुर्याएको योगदानको कदरसहित पुरस्कार प्रदान गरिएको नेफ्स्कूनले जनाएको छ ।

पुरस्कारको राशी कर बाहेर रु १० हजार रहेको छ ।

अभिलेख

लोकप्रिय