बुडोल सामुदायिकलाई सर्वोत्कृष्ट साकोस पुरस्कार
काठमाडौं : नेफ्स्कून सर्वोत्कृष्ट साकोस पुरस्कार-२०८२ बाट बनेपा-६, काभ्रेपलाञ्चोक स्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पुरस्कृत भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को ३८औं स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उक्त घोषणा गरी वितरण गरिएको हो । नेफ्स्कूनले संघमा आवद्ध संस्थाहरु मध्येबाट एक साकोसलाई नेफ्स्कून सर्वोत्कृष्ट साकोस पुरस्कार प्रदान गर्दै आएको छ ।
संघका निवर्तमान अध्यक्ष परितोष पौड्यालले पुरस्कृत व्यक्ति र सहकारीका नाम घोषणा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अभियानमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति तथा सहकारीलाई विभिन्न विधा अन्तर्गत सम्मान एवम् पुरस्कार प्रदान गरेका थिए।

संस्थाका तर्फबाट अध्यक्ष कैलाश केसी, प्रमुख कार्यकारी विवेक राज ठकुरी लगायत संस्थाका सञ्चालक र कर्मचारीहरुले पुरस्कार ग्रहण गरेका थिए । संस्थाले २०७४ सालमा पनि ‘नेफ्स्कून सर्वोत्कृष्ट साकोस’ पुरस्कार पाएको थियो ।
२०५० सालमा स्थापना भएको बुडोल सामुदायिक साकोसमा १९ हजार ५ सय ७३ जना सदस्य आवद्ध छन् । २ अर्ब १८ करोड कुल सम्पत्ति रहेको संस्थाको संस्थागत पुँजी १७ करोडभन्दा बढी छ । संस्था स्तरीकरण कार्यक्रम एक्सेसमा आवद्ध भई ब्राण्ड समेत प्राप्त गरिसकेको छ । संंस्थाले २०६९ सालमा एक्सेस ब्रोञ्ज ब्राण्ड र २०७२ सालमा एक्सेस सिल्भर ब्राण्ड प्राप्त गरेको थियो । संस्थाले राष्ट्रिय सहकारी महासंघबाट राष्ट्रिय सहकारी व्यवसाय पुरस्कार २०७० समेत प्राप्त गरीसकेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार