साकोसका सुपर सीईओ बने देवराज ज्ञवाली
काठमाडौं : सामुहिक विकास साकोसका सीईओ देवराज ज्ञवाली ‘साकोस अभियानका उत्कृष्ट व्यवस्थापक’ बनेका छन् ।
तिलोत्तमा-३, रुपन्देही स्थित सामुहिक विकास बचत तथा ऋण सहकारी संस्थाका का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञवाली देशभरका साकोस अभियानका तर्फबाट उत्कृष्ट व्यवस्थापक (सुपर सीईओ) बनेका हुन् । नेफ्स्कूनले हरेक वर्ष अभियानका कार्यरत उत्कृष्ट व्यवस्थापक पुरस्कार प्रदान गर्दै आएको छ ।
नेफ्स्कूनले ३८औं स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उक्त घोषणा गरी प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ज्ञवालीलाई पुरस्कृत गरेका थिए ।
पुरस्कारको राशी रु १५ हजार रहेको छ । ज्ञवाली ५ वर्षदेखि संस्थाको सीईओ पदमा कार्यरत छन् ।
सामुहिक विकास साकोसमा १२ हजार ३ सय ५० जना सदस्य आवद्ध छन् भने संस्थाको कुल सम्पत्ति ३ अर्ब ५९ करोड रहेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार