२२ वैशाख २०८३, मङ्गलबार

पोखरा रोयल साकोसको २४औं साधारण सभा एकाईगत रुपमा असोज ३ देखि ६ गतेसम्म हुने (सूचनासहित)

२०८२ साउन ३०, शुक्रबार
पोखरा रोयल साकोसको २४औं साधारण सभा एकाईगत रुपमा असोज ३ देखि ६ गतेसम्म हुने (सूचनासहित)

कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले आगामी असोज ३ गतेदेखि असोज ६ गतेसम्म २४औं वार्षिक साधारण सभा एकाइगत रुपमा सञ्चालन गर्ने भएको छ ।

संस्थाले सदस्यहरुका लागि सूचना जारी गर्दै २४औं वार्षिक साधारण सभाको मिति, कार्यसूचि, तालिका लगायत आवश्यक सबै विषयवस्तु जानकारी गराएको हो ।

संस्थाको २०८२ असार ३२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम २४औं वार्षिक साधारण सभा अन्तर्गत असोज ३ गते प्रधान कार्यालयमा एकाई ‘क’ र असोज ४ गते भण्डारढिक र मोहरिया सेवा केन्द्रमा एकाई ‘ख’ तथा सोही दिन दुलेगौंडा सेवा केन्द्रमा एकाई ‘ग’ को साधारण सभा हुनेछ भने असोज ६ गते रोयल दिदीबहिनी किचनमा एकाई प्रतिनिधिहरुको निर्णय प्रमाणित सभा गरिने सूचनामा उल्लेख छ ।

पोखरा रोयल साकोसले यो पटकको साधारण सभामा नियमित कार्यसूचिहरुका अतिरिक्त निर्वाचन कार्यक्रम समेत रहेकोले निर्वाचन कार्यक्रम तालिका समेत प्रकाशित गरेको छ । संस्थाको साउन २९ गते बसेको निर्वाचन उपसमितिको बैठकको निर्णयानुसार भदौं २२ गते मतदाता नामावली प्रकाशन गरिनेछ भने एकाईगत ‘क’ मा असोज ३ र एकाईगत ‘ख’ तथा ‘ग’ मा असोज ४ गते मतदान गरिनेछ । त्यसैगरी, मतगणना असोज ५ गते गरिनेछ भने सोही दिन मतपरिणाम घोषणा गरी असोज छ गते निर्णय प्रमाणित सभाको दिन शपथ ग्रहण तथा प्रमाणपत्र वितरणको कार्यक्रम रहेको छ ।

सहकारी संस्थाको लागि वार्षिक साधारण सभा सबै सदस्यहरुको सहभागितामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, नीति, बार्षिक कार्यक्रम तथा बजेट, आन्तरिक कार्यविधि उपर बृहत् सहभागितात्मक छलफल गर्ने र आवश्यक संशोधन सहित पारित गरी भविष्य दिशाबोध गर्ने महत्वपूर्ण थलो हो । यस्तै, निर्वाचनको समय संस्थालाई हाँक्न सक्ने दुरदर्शी नेतृत्व छनोट गर्ने अवसर पनि भएकाले पोखरा रोयल साकोसले आगामी २४औं वार्षिक साधारण सभामा सक्रिय सहभागिताका लागि सबै सदस्यहरुलाई हार्दिक अनुरोध समेत गरेको छ ।

संस्थाले जारी गरेको सूचना

अभिलेख

लोकप्रिय