१० असार २०८३, बुधबार

एक्सेस ब्राण्ड पाउने नेपालको एक मात्र सहकारी बन्यो ‘जनउत्थान’

२०८२ साउन २३, शुक्रबार
एक्सेस ब्राण्ड पाउने नेपालको एक मात्र सहकारी बन्यो ‘जनउत्थान’

काठमाडौं : रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले एशियाली स्तरको एक्सेस प्रमाणिकृत कार्यक्रम अन्तर्गत एक्सेस सिल्भर ब्राण्ड २०२५ प्राप्त गर्न सफल भएको छ।

एशियाली ऋण महासंघले २०२५ अगस्ट ७ मा गरेको लेखापरिक्षणको परिणाम सार्वजनिक गर्दै नेपालबाट एक्सेस कार्यक्रम अन्तर्गत चारवटा विभिन्न आयामहरुमा उत्कृष्ट अंक ल्याउन सफल भएको हो।

गत वर्ष पनि जनउत्थानले ब्राण्ड पाएको थियो ।

एशियाली ऋण महासंघको प्राविधिक सहजीकरणमा नेफ्स्कूनद्वारा सञ्चालित एक्सेस कार्यक्रम २०६५ सालदेखि निरन्तर रुपमा सञ्चालित छ। जनउत्थान साकोस यस वर्षको एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्ने एक मात्र साकोस घोषित भएको हो।

विशेष गरि सीमान्तकृत समुदाय र युवा उद्यमीहरुलाई साना व्यवसाय सुरु गर्न र आर्थिक गतिविधिहरुमा संलग्न हुन सशक्त बनाउने नवीन वित्तीय समाधान समेत प्रवाह गर्दै आईरहेको जनउत्थान साकोस सहकारी अभियानको एक रोल मोडल हो । त्यसैगरि इन्डोनेसियाबाट सौन सिबारुङ क्रेडिट युनियनले पनि यस वर्ष को एक्सेस ब्राण्ड प्राप्त गर्न सफल भएको हो । यस वर्ष एशियाभरबाट दुईवटा सहकारी एक्सेस ब्राण्ड प्राप्त गर्न सफल भएका छन् ।

एशियाली ऋण महासंघले यही २०२५ सेप्टेम्बरको १२ तारिखमा फिलिपिन्सको मनिलामा आयोजना हुने एशियाली क्रेडिट युनियन फोरम २०२५ को उद्घाटन समारोहमा एक्सेस ब्राण्डको प्रमाणपत्र प्रदान गर्ने जनाएको छ ।

सहकारी संस्थालाई सुरक्षित, बलियो, दिगोरुपमा संचालन गर्न एक्सेस ब्राण्डलाई निकै महत्वपूर्ण सूचक मानिन्छ । ३९,२३७ सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनउत्थान मुलुककै एक अग्रणी एवम् उत्कृष्ट सहकारी संस्थाको रुपमा स्थापित छ । जनउत्थान साकोसले नेफ्स्कून, राष्ट्रिय सहकारी बैंक, लगायत थुप्रै निकायबाट सम्मान पुरस्कार प्राप्त गरिसकेको छ ।

सदस्य र समुदाय केन्द्रीय वित्तीय गर्दै आएको संस्थाले सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा समेत उल्लेख योगदान पुन्याएको छ । संस्थागत पुँजीलाई  प्राथमिकतामा राखेर अगाडि बढेको संस्थामा जगेडा कोषमा मात्रै ४० करोड ४७ लाख बढी छ।

अभिलेख

लोकप्रिय