८ असार २०८३, सोमबार

बुडोल सामुदायिक साकोसको २६औं साधारण सभाको मिति तय (सूचना सहित)

२०८२ साउन १४, बुधबार
बुडोल सामुदायिक साकोसको २६औं साधारण सभाको मिति तय (सूचना सहित)

काठमाडौं : काभ्रे स्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले २६ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । साउन १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थाको २६ औं वार्षिक साधारण सभा ४ वटा एकाइमा हुनेछ । संस्थाको साधारण सभा भदौ २९ गतेदेखि असोज ५ गतेसम्म हुनेछ ।

टुकुचा जागरण सेवा केन्द्रमा आवद्ध सदस्यहरुका लागि माँ उग्रचण्डी पार्टी भेन्यू नालामा भदौ २९ र ३० गते, पाँचखाल सेवा केन्द्रमा आवद्ध सदस्यहरुका लागि सेवा केन्द्र पाँचखालको कार्यालयमा भदौ ३० र ३१ गते, धुलिखेल सेवा केन्द्रमा आवद्ध सदस्यहरुका लागि धुलिखेल तालिम केन्द्रमा असोर १ र २ गते एकाइ भेला हुने संस्थाले जनाएको छ ।

त्यस्तै मुख्य कार्यालय र बनेपा जनमैत्री सेवा केन्द्रमा आवद्ध सदस्यहरुका लागि होटल उग्रचण्डीमा असोज ३, ४ र ५ गते साधारण सभा हुने संस्थाले जनाएको छ । साधारण सभामा विभिन्न १३ वटा एजेण्डा उपर छलफल गरी निर्णय हुनेछ ।

सबै एकाइ बैठकबाट छनौट भएका प्रतिनिधिहरुको सहभागितामा निर्णय प्रमाणित सभा असोज ६ गते हुने संस्थाका सचिव जयराम थापाले जानकारी दिए।

अभिलेख

लोकप्रिय