एकता सहकारीका सदस्यलाई ‘सहकारी शिक्षा’ प्रदान
बागलुङ : जिल्लाकै अग्रणी सहकारी संस्था एकता सहकारीले शेयर सदस्यहरुलाई सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। शनिवार बागलुङ नगरपालिका वडा २ का शेयर सदस्यहरुलाई सहकारी र सहकारीमा सदस्यको भूमिका बारे जानकारी गराईएको संस्था प्रबन्धक दिपकजंग राजभण्डारीले जानकारी दिए।
संस्थाका उपाध्यक्ष युवराज राजभण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहकारी र सहकारीमा सदस्यको भूमिका बारे ईश्वरठाकुर पौडेल र शान्ति ज्ञवालीले तथ संस्थाको गतिविधिका बारेमा प्रबन्धक दिपकजंग राजभण्डारीले जानकारी गराएका थिए।
२०५६ सालमा स्थापना भएको यस संस्थाको हाल १ हजार ८ सय ८१ जना शेयर सदस्य रहेको बागलुङ नगरपालिका केन्द्रीय कार्यालय, गल्कोट नगरपालिका र काठेखोला गाउँपालिकामा सेवा केन्द्रमार्फत आफना सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । सस्थाको हाल ९ करोड २५ लाख शेयर पूँजी, विभिन्न कोषमा ४ करोड रहेको र सदस्यहरुलाई २९ करोड लगानी गरेको प्रबन्धक राजभण्डारीले जानकारी दिए।
कार्यक्रम संस्थाका सहसचिव एवं शिक्षा उपसमितिका संयोजक सुनिता पुरीको अध्यक्षता, उपसमिति सदस्य शान्ति ज्ञवालीले स्वागत र उपसमितिका सदस्य ईश्वरठाकुर पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार