मिरा ईआरपीको २ वर्षे सफल यात्रा: ६५ जिल्लाका ५०० सहकारीमा सेवा विस्तार
अब मिरा ईआरपीको विकल्प छैन: नेफ्स्कून सीईओ
काठमाडौं : नियोसिस टेक्नोलोजी प्रा.लि.को सक्रियतामा निर्माण भएको ‘मिरा ईआरपी सफेटवेयर’ले दोस्रो वार्षिकोत्सव मनाएको छ । मंगलबार एक कार्यक्रमको बीच दोस्रो वार्षिकोत्सव एवं रेमिट्यान्स सव मोड्यूल सेवा लन्च गरेको छ ।
बचत तथा ऋण सहकारी अभियानमा प्रविधिगत एकरुपताका लागि पहिलो पाइलाका रुपमा आजभन्दा २ बर्ष अगाडि सुरु भएको मिरा ईआरपी सफ्टवेयरले ५०० सहकारीहरुलाई प्राविधिकीकरण गर्न सफल भएको हो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) र प्रविधिको क्षेत्रमा अब्बल कम्पनीको रुपमा परिचित रारा डिजिटल ल्याब्स प्रा.लि.को सहकार्य साथै नियोसिस टेक्नोलोजी प्रा.लि.को सक्रियतामा मिरा ईआरपी निर्माण भएको हो ।

नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष एवं सल्लाहकार परितोष पौड्याल, पूर्व अध्यक्ष एवं सल्लाहकार मिनराज कंडेल, संघका पदाधिकारी, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, मिरा प्रयोगकर्ता संस्थाका प्रतिनिधि लगायतको उपस्थिती थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापाकोटाले साकोस अभियानको क्षेत्रमा मिरा ईआरपी ए वान सफ्टवेयरको रुपमा विकास भएको बताए । ‘नेफ्स्कून आफैमा मिरा ईआरपी सफ्टवेयरको सबैभन्दा ठूलो प्रयोगकर्ता हो’, उनले भने, ‘समग्र साकोस अभियानलाई प्रविधिमार्फत एकाकार गर्ने विषयमा अब मिरा ईआरपीको विकल्प छैन ।’
नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रविधि विना विकासको परिकल्पना असम्भव भएको वताउँदै ६० लाख सदस्यसँग सहयात्रा गरिरहेको संघले मिरा ईआरपीलाई साकोसको सफेटवेयरको रुपमा स्वामित्व ग्रहण गर्न अनुरोध गरेका थिए । प्रविधि प्रयोगमा नविनता र त्यसमा सुधार निरन्तर प्रक्रिया रहने भएकोले मिरा ईआरपीलाई संघ र साकोस अभियानले पहिलो प्राथमिकता बनाएर जानुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा रारा डिजिटल ल्याब्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले सफ्वेयर विकासका चरणहरु बारे स्पष्ट पार्दै मिरा ईआरपी सफ्टवेयर ५ सय सहकारीमा प्रयोगमा आउनु आफैमा सफल रहेको बताए। ‘प्रोडक्ट राम्रो भएपछि बृद्धि स्वभाविक ढंगले अगाडि बढ्छ । विश्व इतिहासमै इरर लेस सफ्टवेयर आजसम्म कसैले बनाएको छैन, हामी प्रयोगकर्ताको आवश्यकताका आधारमा निरन्तर सुधार र विकास गर्दै अगाडि बढ्छौं’, उनले भने । एक वर्ष अगाडिको मिरा सफ्टवेयर, आजको मिरा सफ्टवेयर र अबको एक वर्षपछिको मिरा सफ्टवेयरमा प्रयोगकर्ताले पर्याप्त भिन्नता पाउने विश्वास उनले दिलाए।
नियोसिस टेक्नोलोजिका नि.कार्यकारी प्रमुख मनोज तिवारीले मिरा ईआरपी सफ्टवेयका मोड्यूलहरुको बारेमा प्रस्तुतीकरण गरेका थिए। मिरा सफ्टवेयरमा हाल सदस्य तथा शेयर व्यवस्थापन, बैंकिङ व्यवस्थापन प्रणाली, लेखा प्रणाली, मोबाइल बैंकिङ तथा ईबैंकिङ व्यवस्थापन, मौज्दात व्यवस्थापन प्रणाली लगायत सुविधाहरु उपलब्ध रहेको बताए । कम्पनीले सहकारी संस्थाका लागि आवश्यक अन्य सुविधाहरु पनि थप गर्दै लैजानुका साथै छिटो र सरल ग्राहक सहायताका लागि हप्ताको सातै दिन डेडिकेटेड कल सेन्टरको व्यवस्था कम्पनीले गरेको उनले जानकारी गराए। मिरा इआरपीले विभिन्न चरणमा इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमको अडिट गरी आईएसओ २७००१:२०२२ सर्टिफिकेट समेत प्राप्त गरेको छ भने निरन्तर प्रविधि प्रयोगकर्ताहरुसँग सन्तुष्टी सर्वेक्षण गरि बार्षिक रुपमा सिस्टम अडिट समेत गर्ने गरेको जनाएको छ ।
कार्यक्रममा नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीले अविछिन्न उत्तराधिकारवाला संस्थाको रुपमा रहेको केन्द्रीय संघ नेफ्स्कूनले निर्माण गरेको मिरा ईआरपी सफ्टवेयरले सहकारीको सेवालाई पूर्ण प्रविधिमैत्री बनाउने र आवश्यक सबै सेवाहरु एकीकृत रुपमा दिने जुन सोचमा साथ काम शुरु गरेको थियो, त्यसले आज एक चरणको सफलता प्राप्त गरेको विचार व्यक्त गरेका थिए ।
सदस्यहरुको आवश्यकता र चाहनालाई सम्बोधन गर्दै प्राविधिकीकरणको रणनीतिमार्फत साकोसहरुमा प्रविधिको सहज पहुँच पुर्याउने उद्देश्यसहित विकास गरिएको मिरा इआरपी २०८० जेठ १३ गतेबाट कार्यान्वयन चरणमा प्रवेश गरेको थियो । नेफ्स्कून, रारा डिजिटल ल्याव र नियोसिस टेक्नोलोजि प्रा.लि.को संयुक्त पहलमा शुरु गरिएको मिरा ईआरपी सफ्टवेयर ७ वटै प्रदेश अन्तर्गत ६५ जिल्लामा विस्तार भएको छ भने हालसम्म संघमा आबद्ध ४ सय ५० बचत तथा ऋण सहकारी संघ/संस्था र ५० बहुउद्देश्यीय र कृषि सहकारी संस्थाहरुमा प्रभावकारी रुपमा प्रयोगमा आइरहेको कम्पनीले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार