सीवाईसी साकोसको ‘सबै जुटौं, सदस्य भेटौं’ अभियान, बटाकाचौरमा वित्तीय तथा प्रविधि साक्षरता कार्यक्रम
बागलुङ : सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले २१ दिने अभियान अन्तर्गत जिल्लाको बरेङ गाउँपालिका स्थित बाटाचौरमा वित्तीय र प्रविधि साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
“सबै जुटौं, सदस्य भेटौं” भन्ने मुल नारासहित सञ्चालनमा रहेको अभियान अन्तर्गत स्थानीय समुदायलाई वित्तीय व्यवस्थापन र प्रविधिको उपयोगमा सशक्त बनाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो ।
संस्थाद्वारा गठित गाउँटोल समन्वय समिति, शेयर सदस्य र गैर शेयर सदस्यहरुलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी बरेङ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष शेरबहादुर खनालले सिवाईसी साकोसले सहकारीका माध्यमबाट स्थानीय जनताको वित्तीय शशक्तिकरणमा पुर्याएको योग्दानको प्रशंसा गरेका थिए।
कार्यक्रममा वरेङ गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष अमरवहादुर शेरपुजाले जिल्लामा सहकारीको अभियान गाउँ गाउँसम्म पुर्याउन सिवाईसीको महत्वपूर्ण योग्दान रहेको बताए
वित्तीय साक्षरता कार्यक्रममा सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले बचतको शक्तिको विषमा बुझ्न सकेमा नेपालीहरु कोही पनि गरिव हुनुनपर्ने बताएका थिए।
समाजमा हुने सबै प्रकारका विभेदहरु पैसाकै कारणले हुने बताउँदै पौडेलले सिवाईसीले यस अभियान अन्तर्गत बच्चा देखि वृद्धसम्मलाई पैसाको व्यवस्थापन र बचतको शक्तिका विषयमा बुझाउन खोजिरहेको बताए। पौडेलले प्रशिक्षणका क्रममा वित्तीय ज्ञान, बचतको महत्व, लगानीका आधारभुत पक्ष, वित्तीय लक्ष्य, व्यक्तिगत वित्तीय योजना लगाएतका विषयमा जानकारी गराएका थिए।
कार्यक्रममा सिवाईसी नेपालका कार्यक्रम अधिकृत सुमन घर्ति क्षेत्रीले वित्तीय लक्ष्य निर्धारण, पारिवारीक बजेट र प्रविधिको प्रयोगका सम्बन्धमा प्रशिक्षण दिएका थिए।
१०० जना भन्दा वढिको उपस्थिती रहेको कार्यक्रम बरेङ सदस्य सेवाकेन्द्रका संयोजक मदन कार्कीको अध्यक्षता, केन्द्रीय सञ्चालक मोतीराम गौतमको स्वागत र सेवाकेन्द्रका सचिव प्रेमवहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा केन्द्रीय सञ्चालक कृष्णप्रसाद रिजालले कार्यक्रमको औचित्य र उद्देश्य माथि प्रकाश पारेका थिए भने सह-संयोजक विष्णुबहादुर खत्रीले सेवाकेन्द्रको प्रगतीका बारेमा जानकारी गराएका थिए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
