सदस्यलाई सुखी बनाउँदै दिगो सहकारीको यात्रामा पोखरा रोयल
काठमाडौं : पोखराको बुद्ध चोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था आज (बिहीवार)बाट २४ औं वर्षमा प्रवेश गरेको छ ।
‘सुखी सदस्य, दिगो सहकारी’को परिकल्पनाका साथ सदस्य सेवामा समर्पित पोखरा रोयल सदस्यमैत्री, प्रविधिमैत्री, विश्वसनीय, सुरक्षित अनि पारदर्शी सेवालाई जोड दिएको छ ।स्थापना दिवसको अवसरमा अध्यक्ष रुद्र कुमारी गुरुङ (मैना) र प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङले संयुक्त रुपमा शुभकामनामार्फत सदस्यलाई सुखी बनाउँदै दिगो सहकारी बन्ने पोखरा रोयलको प्रण गरेका छन् ।
यस्तो छ वित्तीय अवस्था
२०८२ बैशाख मसान्तको वित्तीय विवरणअनुसार हाल संस्थामा १० हजार २ सय १८ जना सदस्य छन् । संस्थाको कुल सम्पत्ति २ अर्ब ५८ करोड बढी छ । १५ करोड ३० लाख बढी शेयर पुँजी रहेको साकोससँग २१ करोड ३० लाख बढी स्वपुँजी अर्थात् संस्थागत पुँजी छ ।
२ अर्ब ५९ लाख बढी बचत रहेको साकोसले १ अर्ब ६८ करोड बढी ऋण लगानी गरेको छ । तरलता ३८.७२ प्रतिशत छ ।

युवा सहभागितामा जोड
पोखरा रोयलले युवा सहभागितामा विशेष जोड दिदै आएको छ । संस्थामा आवद्ध कुल सदस्यहरु मध्ये १६ देखि ४० वर्ष उमेर समूहका ३९७८ जना अर्थात् ४२.६९ प्रतिशत रहेका छन् र त्यस्तै ४१ देखि ६० वर्ष उमेर समूहका ४१३२ अर्थात् ४४.३४ प्रतिशत, ६१ देखि ७५ वर्ष उमेर समुहका सदस्यहरु १०७५ अर्थात् ११.५४ प्रतिशत र ७५ वर्ष भन्दा माथिका १३३ जना अर्थात् १.४३ प्रतिशत सदस्यहरु रहेका छन् ।
सदस्य सेवामा विविधता
संस्थाले वित्तीय कारोबारसँगै सदस्य सेवा र सामुदायिक सेवामा आफूलाई अब्बल सावित गरेको छ । सदस्यहरूलाई सहुलियत प्रदान गर्ने उद्देश्यले विभिन्न संस्थाहरूसँग सम्झौता गरी सेवा प्रदान गर्दै आइरहेको छ । बुद्धचोकमै ग्यालेक्सी हस्पिटल, रोयल दिदिबहिनी किचन, आविष्कार हस्पिटल अर्थोप्लास्टी एन्ड ट्रमा सेन्टर, न्यूरोडमा युनाइटेड रिफरेन्स ल्याबोरेटरी, लाइफकेयर डाइग्नोस्टिक्स, पद्मश्री हस्पिटल एन्ड एप्लाइड साइन्सेस सेवा दिइरहेको छ । यी संस्थाहरूबाट सेवा लिँदा सहकारीका सदस्यहरूले सहुलियतसमेत पाउँछन् । यसले गर्दा सदस्यहरुलाई सहकारीमार्फत विविध लाभ उपलब्ध भइरहने र संस्थाप्रति समर्पण भाव पैदा गर्ने विश्वास साकोसले लिएको छ ।
सदस्यलाई पेन्सनदेखि राहतसम्म
संस्थाले हरेक वर्ष ७५ वर्ष उमेर पुगेका ज्येष्ठ सदस्यहरुलाई वार्षिक रुपमा पेन्सन प्रदान गर्दै आएको छ । गत आर्थिक वर्षमा ४२ जना सदस्यलाई ५ हजारका दरले पेन्सन प्रदान गरिएको थियो । संस्थाले रोयल फाउण्डेसनमार्फत सदस्यलाई यस्तो सेवा प्रदान गर्दै आएको छ । रोयल फाउण्डेसन संस्थामा आवद्ध सदस्यहरु सम्मिलित सामाजिक संस्था हो ।

साथै फाउण्डेसनले संस्थासँग समन्वय गर्दै सुत्केरी स्याहार खर्च, दैवी प्रकोप राहत, स्वास्थ्य उपचार खर्च, पेन्सन सुविधा र सदस्यहरुको मुत्यु भएका अवस्थामा निजका परिवारलाई मृत्यु राहत समेत प्रदान गर्दै आईरहेको छ । संस्थाले विगत ७ वर्षदेखि नियमित रुपमा राहत तथा सहयोगको कार्यक्रम सञ्चालन गर्दै आएको सहकारीका सूचना अधिकारी मीलन ढकालले बताए ।
प्रविधीमैत्री सेवा
संस्थाले प्रविधिमैत्री सेवालाई विशेष जोड दिएको । मोबाईल बैंकिङ तथा भुक्तानी प्लेटफर्म कम्पनी एम बैंक टेक्नोलोजीसँग सहकार्य गरे प्रवित्रिमैत्री सेवा प्रवाह गरिरहेको छ ।
संस्थाले सेवालाई क्रमशः क्यासलेस, चेकलेस र पेपरलेस बनाउने अभियान थालेको छ ।

हालसम्म दुई हजार सदस्यले एटिएम सेवा, १६९८ जनाले मोवाईल बैंकिङ्ग, ३३३ जनाले एस.एम.एस.सेवा र १५१ जनाले क्यू आर कोड प्रविधिको प्रयोग गरिरहेका छन् । त्यस्तै १२६० जना सदस्यले स्मार्ट परिचय पत्र ग्रहण गरिसकेको छ । संस्थाको वेबसाईट, फेसबुक अकाउण्ट, यूटयूब च्यानल, टिकटक र इन्स्टाग्रामलाई समय सापेक्ष परिमार्जन गर्दै सदस्य सेवा, वस्तुहरुको प्रचार प्रसार र सहज रुपमा सूचना दिने माध्यमको रुपमा विकास गरिरहेको छ ।
संस्थाको कारोबारलाई थप सुव्यवस्थित र समयानुकुल बनाउन कोर बैंकिङ्ग प्रविधीलाई अवलम्बन गरेको छ । तथ्याङ्कहरुलाई क्लाउड प्रविधिमार्फत सुरक्षित गरिएको छ । संस्थाको तालिम हलमा स्मार्ट बोर्डमार्फत तालिम तथा प्रशिक्षणको व्यवस्था गरिएको छ भने कनेक्ट आईपिएस, ट्याबलेट बैंकिङ्गको सुविधा समेत प्रदान गरेको छ ।
यसरी जन्मियो पोखरा रोयल
२०५५ सालमा काठमाडौंको बसुन्धरामा रहेको रोयल बहुउद्देश्यीय सहकारी स्थापना भएको थियो । सोही संस्थाको उपाध्यक्ष भीम बहादुर गुरुङ थिए । गुरुङले २०५५ मा दुलेगौडा र २०५६ देखि २०५८ पोखरा कार्यालय सञ्चालनको भूमिकामा रही काम गरेका थिए ।
तत्कालिन सहकारी ऐनमा भएको संशोधनले सहकारीका शाखा कार्यालय नरहने व्यवस्था अनुरुप पोखरा कार्याललाई स्वायत्त गर्ने निर्णय भयो । २०५९ साल जेठ ८ गते २८ जना व्यक्तिहरु मिलेर ‘पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.’ दर्ता भयो । संस्था दर्ता बखत गुरुङ सचिव एवं प्रबन्ध निर्देशक थिए । सहकारी ऐन २०७४ ले २ करोडभन्दा माथिको संस्थाका कार्यकारी सञ्चालक हुन नपाउने व्यवस्थासँगै २०७६ सालबाट गुरुङ प्रमुख कार्यकारी अधिकृतको भूमिकामा मात्रै छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नेचुरल साकोसद्वारा कर्मचारी क्षमता अभिवृद्धि तथा वार्षिक लक्ष्य हस्तान्तरण
२५ श्रावण २०८३, सोमबार
मानवीय सेवामा विकूको योगदान, एकैदिन ३१० पिन्ट रक्त संकलन
२५ श्रावण २०८३, सोमबार
बुडोल सामुदायिक साकोसका कर्मचारीलाई सीप र व्यावसायिकता विकास तालिम
२४ श्रावण २०८३, आईतवार