सहकारीमार्फत कृषकलाई सात प्रतिशतमा सहुलियत कर्जा
काठमाडौं : सरकारले सहुलियत कर्जालाई व्यवस्थित गर्न नयाँ कार्यविधि लागु गरेको छ । अर्थ मन्त्रालयको वैशाख २१ गतेको निर्णयअनुसार कृषि तथा पशुपन्छीपालन व्यवसाय कर्जा कार्यविधि, २०८२ तयार गरी लागु गरिएको हो ।
कार्यविधिअनुसार सरकारले साना किसान विकास लघुवित्तमार्फत कृषि तथा पशुपन्छीपालन व्यवसाय कर्जासम्बन्धी कारोबार गर्ने लघुवित्त वित्तीय संस्था, साना किसान कृषि सहकारी र समुदायमा आधारित अन्य सहकारी संस्थामार्फत सस्तो ब्याजमा ऋण उपलब्ध गराउने भएको छ ।
सरकारले साना किसान विकास लघुवित्तसँग ९ वर्ष अवधिको ऋण प्रवाह गर्ने सम्झौता गरेर ऋण उपलब्ध गराउनेछ । यो लघुवित्तले कृषि तथा पशुपन्छीपालन व्यवसाय कर्जासम्बन्धी कारोबार गर्ने लघुवित्त वित्तीय संस्था, साना किसान कृषि सहकारी र समुदायमा आधारित अन्य सहकारी संस्थालाई पाँच वर्षका लागि चार प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउनेछ ।
यसैगरी सहुलियत ऋण सहकारी तथा लघुवित्तले खाद्यन्नबाली, नगदेबाली, फलफूल खेती तथा यी कृषि उपज भण्डारण, प्रशोधन र बजारीकरण गर्र्ने कृषकलाई सात प्रतिशत ब्याजदरमा उपलब्ध गराउनुर्नेछ ।
त्यसैगरी पशुपन्छीपालन व्यवसायअन्तर्गत गाई, भैँसी, पाडा, पाडी, बाख्रा, भेडा, बँगुर, कुखुरा, हाँस, कालिज जस्ता दुग्ध वा मासुजन्य पशुपन्छीहरू पालन गर्नेलाई पनि यही ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्नेछ ।
ऋणको अवधि किसानका लागि साढे चार वर्षको हुनेछ । यसरी लिएको ऋणको साँवा र ब्याज कृषकले प्रत्येक वर्ष पुस र असार मसान्तमा फिर्ता गर्नुपर्नेछ । तर, वित्तीय संस्थाले ग्रेस अवधिको ब्याज मात्र भुक्तानी गर्न सक्नेछ ।
समयमा वित्तीय संस्थाले मन्त्रालयलाई बुझाउनुपर्ने साँवा वा ब्याजको किस्ता निर्धारित मितिमा नबुझाई भाका नाघेमा भाका नाघेको मितिबाट चार प्रतिशत थप हर्जाना लाग्नेछ । सहकारी संस्थाहरूले साना किसान विकास लघुवित्तलाई बुझाउनुपर्ने साँवा वा ब्याजको किस्ता निर्धारित मितिमा नबुझाई भाका नाघेमा भाका नाघेको मितिबाट चार प्रतिशत थप हर्जाना लाग्नेछ ।
किसानले संस्थालाई बुझाउनुपर्ने साँवा वा ब्याजको किस्ता निर्धारित मितिमा नबुझाई भाका नघाएमा भाका नाघेको मितिबाट तीन प्रतिशत थप हर्जाना लाग्नेछ । सरकारले उपलब्ध गराएको सहुलियत कर्जा कृषि तथा पशुपन्छीपालन व्यवसाय शीर्षकमा उपभोग गर्नुपर्नेछ ।
यसरी प्रवाह भएको ऋण रकममध्ये बढीमा २० प्रतिशतसम्म वित्तीय संस्थाले कोष व्यवस्थापनमा प्रयोग गर्न सक्नेछन् । सामाजिक उत्तरदायित्व कोष वा ग्राहक संरक्षण कोषमा उपलब्ध हुने रकमबाट वित्तीय संस्था र संस्थाले किसानको क्षमता विकासका लागि आवश्यक पर्ने प्राविधिज्ञ वा प्राविधिक शिक्षा, कृषि बजार विकास र अनुसन्धान जस्ता कार्य सञ्चालन गर्नुपर्नेछ ।
सहुलियतपूर्ण कर्जा कार्यक्रम सम्बधमा आवश्यक समन्वय, निर्देशन, अनुगमन र मूल्यांकन गर्न राजस्व सचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति हुनेछ । यो कर्जा उपभोग गर्न कृषक सहकारी संस्थाको सदस्य हुनुपर्नेछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
