अन्तर्राष्ट्रिय सहकारी दिवस २०२५ को थिम सार्वजनिक
काठमाडौं : अन्तर्राष्ट्रिय सहकारी दिवस २०२५ को थिम सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसिए) ले आगामी जुलाई ५ मा पर्ने १०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम सार्वजनिक गरेको हो । यस वर्षकाे थिम ‘समुन्नत विश्वका लागि समावेशी तथा दिगो समाधान अघि बढाउनु’ (Driving Inclusive and Sustainable Solutions for a Better World) रहेको छ ।
यो वर्ष ३१ औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस पनि हो । यसै वर्ष विश्वले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ समेत मनाइरहेको छ ।
अन्तर्राष्ट्रिय सहकारी दिवस प्रत्येक जुलाई महिनाको पहिलो शनिबार मनाउने प्रचलनको शुरुवात सन् १९२३ बाट शुरु भएको हो भने संयुक्त राष्ट्र संघले सन् १९९५ बाट यसलाई मान्यता प्रदान गरेको हो ।
विश्वभर सहकारीको महत्व, उद्देश्य, सिद्धान्त, सफलता र सम्भावनाहरुबारे जनचेतना, शिक्षा, जागरण र प्रवर्धनका कार्यक्रमहरु गरी हरेक वर्ष दिवस मनाइन्छ ।
नेपालको सहकारी अभियानको शीर्ष निकाय राष्ट्रिय सहकारी महासंघले विशेष कार्यक्रम आयोजना गरी सहकारी दिवस मनाउने गर्दछ । सोही दिन महासंघले राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान र उत्कृष्ट सहकारी पुरस्कारहरु प्रदान गर्ने गर्दछ ।
राष्ट्रिय सहकारी दिवसका अवसरमा घोषित सम्मान तथा पुरस्कारहरु प्रत्येक वर्ष अन्तर्राष्ट्रिय सहकारी दिवस अर्थात राष्ट्रिय सहकारी महासंघ दिवसका अवसरमा प्रदान गरिदैं आएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
