वैशाखको अन्तिम साता कोशी, मधेश र लुम्बिनीमा साकोस गोष्ठी गर्दै नेफ्स्कून, नाम दर्ता खुला
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले प्रदेशस्तरीय साकोस गोष्ठी गर्ने भएको छ । अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को सन्दर्भमा वित्तीय सुशासन, जोखिम व्यवस्थापन र संस्थागत दिगोपनका लागि प्रदेशस्तरीय साकोस गोष्ठी गर्न लागेको हो ।
नेफ्स्कूनले कोशी प्रदेश अन्तर्गत इटहरीमा वैशाख २५ गते, मधेश प्रदेश अन्तर्गत बर्दिबासमा २८ गते र लुम्बिनी प्रदेश अन्तर्गत नेपालगञ्जमा ३१ गते गोष्ठी आयोजना गर्न लागेको हो । गोष्ठीमा सहभागिताको लागि वैशाख ४ गतेदेखि रजिष्ट्रेशन खुला गरिएको नेफ्स्कूनले जनाएको छ ।
उपलब्ध स्थान, स्रोत साधनको व्यवस्थापनलाई ध्यान दिँदै सिमित सिटमा मात्र सहभागिताका लागि फाराम खुला गरिएकोले समयमै आफ्नो सिट सुरक्षित गर्न नेफ्स्कूनद्वारा आव्हान गरिएको छ ।
प्रदेशगत रुपमा आयोजना हुने गोष्ठीको सहभागिताका लागि छुट्टाछुट्टै लिंक दिईएको र उक्त लिंकमा क्लिक गरि आवेदन भर्नुहुन संघले सूचित गरेको छ ।
साकोस अभियानको प्रवर्द्धन र हितका लागि आगामी कार्यदिशा, सुशासन र आन्तरिक नियन्त्रण प्रणाली प्रवर्द्धनमा लेखा सुपरिवेक्षण समितिको भूमिका र बचत ऋण सहकारीको संस्थागत विकासमा सरकार र अभियानको साझा सवालका विषयमा केन्द्रीत रहेर आयोजना हुन गईरहेको एक दिवसीय गोष्ठीमा राष्ट्रिय स्तरका विषयविज्ञहरुको सहजीकरण रहने जनाएको छ ।
करिब दुई सय जनाभन्दा बढीको सहभागिता रहने हरेक गोष्ठीमा सहकारी संस्थाका लेखा सुपरिवेक्षण समिति, व्यवस्थापक तथा अन्य सरोकारवाला व्यक्तिहरु सहभागी हुन सक्ने जनाएको छ । प्रत्येक गोष्ठीमा तीनवटा सत्र सञ्चालन गरिने, जसमा दुई वटा सत्र वाह्य विज्ञहरूद्वारा तथा एक सत्र संघ व्यवस्थापनद्वारा प्रस्तुत गरिने जनाएको छ । प्रत्येक प्रदेशमा अलग/अलग विषय विज्ञहरूको सहजीकरण रहने नेफ्स्कूनले जनाएको छ । अन्तिम सत्रमा संघको प्रस्तुती सँगै छलफल तथा अन्तरक्रिया हुने संघले जनाएको छ ।
संयुक्त राष्ट्रसंघले सन् २०२५ लाई दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्षको रुपमा मनाईरहँदा नेपालको सहकारी अभियानमा दोस्रो सहकारी वर्षले राखेको उद्देश्यहरु प्राप्तीका लागि सहकारीको पहिचान प्रवर्द्धन, नेतृत्वलाई उत्प्रेरणा र दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारीहरुलाई सचेत गराउने ध्येयका साथै नेपालको सहकारी अभियानको विद्यमान कानुनका द्विविधा तथा छरिएर रहेको समस्या समाधानको रूपमा गोष्ठी कोशेढुंङ्गा बन्ने अपेक्षा संघको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नेचुरल साकोसद्वारा कर्मचारी क्षमता अभिवृद्धि तथा वार्षिक लक्ष्य हस्तान्तरण
२५ श्रावण २०८३, सोमबार
मानवीय सेवामा विकूको योगदान, एकैदिन ३१० पिन्ट रक्त संकलन
२५ श्रावण २०८३, सोमबार
बुडोल सामुदायिक साकोसका कर्मचारीलाई सीप र व्यावसायिकता विकास तालिम
२४ श्रावण २०८३, आईतवार