प्राधिकरणले नेफ्स्कूनको भूमिका पहिचान गरेर काम गर्ने विश्वास छ: अध्यक्ष ढकाल
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत ऋण सहकारी केन्द्रीय संघको भूमिका पहिचान गरेर काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्राधिकरणले नेफ्स्कून नचिन्ने वातावरण पक्कै नबन्ने धरणा उनले व्यक्त गरेका हुन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आइतबार आयोजना गरेको ‘नेपालको सहकारी अभियानमा वित्तीय सहकारीहरुको आगामी मार्गचित्र’ विषयक कार्यक्रममा उनले प्राधिकरण गठन र यसको संरचनासँगै नेफ्स्कूनको भूमिकाका सम्बन्धमा उठेका संशयहरु राख्दै सरोकारवालाहरुसाक्षी राखेर यस्तो विश्वास व्यक्त गरेका हुन् ।
सहकारी अभियानको पछिल्लो विकासक्रम अत्यन्त सकारात्मक रहेको पनि उनले बताए । नेफ्स्कूनसँग आबद्ध बचत तथा ऋण सहकारी संस्थाहरुको गुणस्तर सुनिश्चिताको विषयमा संघले काम गर्ने बताउँदै अध्यक्ष ढकालले भने, ‘हामीले निक्कै अघिदेखि आवाज उठाउँदै आएको छुट्टै वित्तीय सहकारी ऐनको आवश्यकता अहिले झनै टड्कारो देखिएको छ ।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार